
२५ चैत, काठमाडौं । राइस कुकरमा सुन लुकाएर नेपाल ल्याउने धुनुषाका एक व्यक्ति पक्राउ परेका छन् । उनलाई मंगलबार राति विमानस्तल प्रहरीले पक्राउ गरेको हो ।
दुबईबाट नेपाल फ्लाई दुबईको जहाजमा नेपाल आएका धनुषाका प्रकाश महराले कुकरमा लुकाएर ल्याएको ८८४ ग्राम सुन पक्राउ गरेको हो । त्यसका साथै उनले लगाएको ५० ग्राम सुनपनि प्रहरीले बरामद गरेको हो । उनलाई विमानस्थलस्थित भन्सार कार्यालयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गर्नेक्रममा उनीबाट उक्त परिणाममा सुन बरामद गरिएको हो । उनको साथबाट प्रहरीले ९ सय ३४ ग्राम सुन बरामद गरेको जनाएको छ ।