back

इन्टरनेटको इतिहास

वि.सं.२०७८ वैशाख २० सोमवार

1.3K 

shares
RBB AD
NTC AD

सन्सारन्युज । अहिले हामी सबैलाई थाहा छ संसारका धेरै कामहरु इन्टरनेटको सहायताले गर्न सकिन्छ र भइरहेको छ । विश्वमा इन्टरनेट प्रयोग गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । धेरै मान्छेहरु अब इन्टरनेट बिनाको जीवन कल्पना गर्न नसक्ने भएका छन् । हामीले व्यवहारमा त इन्टरनेट सँग बाँचीरहेका छौं, अर्थात डिजिटल जीवन विताइरहेका छौं तर इन्टरनेट के हो र यसको शुरुवात कसरी भयो भन्ने बारेमा एकपटक जान्ने कोशिष गरौं ।

इन्टरनेट के हो ?
इन्टरनेट एक Global wide area network हो, जसले विश्वका कम्प्युटर प्राणालीलाई एकसाथ जोडिरहन सक्छ । यो विश्वको सबैभन्दा ठुलो नेटवर्क World Wide Web (www) भनिएको हो ।

इन्टरनेटको पुरा नाम International Network हो । इन्टरनेटले नेटवर्कको बीचमा आन्तरिक सम्पर्कबाट डिजिटल ढंगले काम गर्दछ । एउटा इन्टरनेट राउटर वा गेटवेको सहाययताले पुरै विश्वमा सम्पर्क हुन सम्भव छ । सन् १९५० मा अमेरिकन नागरिक भिन्ट सर्फले इन्टरनेटको सुरुवात गरेका थिए । जसलाई विश्वमा इन्टरनेटको पिताको रुपमा पनि चिनिन्छ ।
जुन विषयलाई हामीले इन्टरनेट भनेर बुझ्दछौं यसलाई ARPANET(Advance Reasearch Project Agency Network) द्वारा लगाइएको थियो । सन् १९६९ मा ARPANET अमेरिकन सेनाको एउटा भागको रुपमा रहेको थियो ।

अमेरिकन नागरिक भिन्ट सर्फले इन्टरनेटको सुरुवात गरेका थिए । जसलाई विश्वमा इन्टरनेटको पिताको रुपमा पनि चिनिन्छ ।

इन्टरनेटलाई शुरुमा गोप्य तथ्यांक तथा सुचनाहरु आदान प्रदान गर्नको लागि उपयोग गरिएको थियो । शुरुवातको समयमा इन्टरनेटको माध्यमबाट अमेरिकाको ५ ठुला विश्वविद्यालयका प्राणालीहरुलाई एकसाथ जोडेर पनि काम गरिएको थियो । सन् १९७२ पश्चात इन्टरनेट एकैसाथ विश्वका धेरै मुलुकमा विस्तार हुन पुग्यो । शुरुको अवस्थामा यसलाई व्याक्तिगत तवरले मात्रै प्रयोग गरियो भने विस्तारै यसलाई आम मानिसमा विस्तार गरिएको पाइन्छ ।

वि.सं.२०७८ वैशाख २० सोमवार ०७:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
टेलिकमले ल्यायो ‘स्प्रिङ अफर २०८०’

टेलिकमले ल्यायो ‘स्प्रिङ अफर २०८०’

काठमाडौं । नेपाल टेलिकमले ‘स्प्रिङ अफर २०८०’ ल्याएको छ ।...

नेपाल टेलिकम र सर्वोच्च अदालतबीच दूरसञ्चार सेवाहरु उपलब्ध गराउने सम्झौता

नेपाल टेलिकम र सर्वोच्च अदालतबीच दूरसञ्चार सेवाहरु उपलब्ध गराउने सम्झौता

काठमाडौं । नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा...