२० बैशाख, काठमाडौं । कास्कीमा कोरोनाका भाइरस संक्रमितको संख्या तिब्ररुपमा बढ्दै गएपछि निशेधाज्ञाको अवधि थप गरिएको छ ।
यसअघि बैशाख १५ गतेदेखि २१ गते (मंगलबार) सम्म निशेधाज्ञा जारी गरिएकोमा भोली बिहान ५ बजेदेखि बैशाख २९ गते राति १२ बजेसम्म पुनः थप निशेधाज्ञा जारी गरिने भएको छ ।
उक्त निशेधाज्ञा अवधिभर औषधि एवम् सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने, दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दही, माछा, मासु, विक्रि वितरण गर्ने पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म संचालन गर्न पाइनेछ ।
यस्ता छन् अन्य निर्णयहरु





वि.सं.२०७८ वैशाख २० सोमवार ०८:१९ मा प्रकाशित






























