back
CTIZAN AD

टेलिकमले ल्यायो ‘स्प्रिङ अफर २०८०’

वि.सं.२०८० चैत ३० शुक्रवार

1.4K 

shares

काठमाडौं । नेपाल टेलिकमले ‘स्प्रिङ अफर २०८०’ ल्याएको छ । टेलिकमले स्प्रिङ अफर आज चैत ३० देखि लागु हुनेगरी सञ्चालनमा ल्याएको हो ।

कम्पनीले यस स्प्रिङ अफर अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ ।

यस अफर अनुसार रु. १८ मा १ दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने रु. ३५ मा २ घण्टा सम्म प्रयोग गर्न सकिने २ घण्टा अनलिमीटेड डाटा प्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यी वाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध रहेका छन् ।

नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४मा एक घण्टा भोइस् एण्ड डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिन सम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी वाहेक रु. ३९९ मा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको कम्पनीले जनाएको छ ।

जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०८० चैत ३० शुक्रवार १३:४८ मा प्रकाशित

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

फोटोग्राफी प्रेमीका लागि नयाँ रोजाइ: Vivo V70 बजारमा

काठमाडौं। स्मार्टफोन बजारमा नयाँ तरंग ल्याउने लक्ष्यसहित Vivo ले आफ्नो...

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

डिजिटल बुकिङमार्फत पाटनलाई हेरिटेज स्टे गन्तव्य बनाउने पहल

काठमाडौं । ई–बुकिङ नेपाल प्रा.लि. र पाटन स्टे एसोसिएसनबीच पाटन...