काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय महिला बिभागको तेस्रो राष्ट्रिय सम्मेलन चितवनको मलेवा पार्टी प्यालेसमा सम्पन भएको छ ।
सम्मेलनले छाया रेग्मीको संयोजकत्वमा ३५ सदस्य कमिटी निर्बाचित गरेको छ ।
सम्मेलनले संयोजकमा छाया रेग्मी (काठमाडौ), सह संयोजकमा बिस्णु मरहट्टा (लमजुङ), सचिबमा माधव भुसाल (अर्घाखाँची), सहसचिब (अर्थ) शुशिला शर्मा (सुर्खेत), सह सचिबमा अर्चना ढुङेल(मोरङ) र सदस्यहरुमा इन्दु नायक (धनुषा), मन्दिरा पोख्रेल (सर्लाही),उषा सापकोटा (पर्सा), दुर्गा दाहाल (उदयपुर), कृष्ण कला चापागाईं (पाचथर), सोमकुमारी ढकाल (ओखलढुंगा), देवकी भट्टराई (गोर्खा), प्रतिभा अधिकारी (कास्की), सरस्वती नेपाली( म्यादी),सिमोन पुन( रुकुम), देवका बम(कालिकोट), राधा पोख्रेल (चितवन), पार्बती कडरिया( रामेछाप),गायत्री रुपाखेती (मकवानपुर), पारुला खड्का (दोलखा), बिमला चौलागाईं ( सिन्धुली), जयन्ता घिमिरे (दाङ), बिन्दु सिंह( रोल्पा), शुशिला गोसाइ (बाके), गङा रावत (कंचनपुर), जैसरा शर्मा (कैलाली), निर्मला बुढा साउद (आछाम) रहेका छन् । साथै ७ सदस्य बैठकबाट मनोनीत गरिने जनाइएको छ ।

उक्त सम्मेलनमा माओवादी केन्द्रका सचिब एबम पूर्बमन्त्री देवन्द्र पौडेल, पार्टी केस तथा बागमती प्रदेश सामाजिक बिकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगर पालिकाका प्रमुख रेनु दाहाल, संगठनका सहइन्चार्ज भोला सापकोटा लगायतको आतिथ्यता रहेकहो थियो ।
वि.सं.२०८० चैत ३० शुक्रवार १४:०३ मा प्रकाशित






























