back
CTIZAN AD

अदालतको आदेशको ठाडो उल्लङ्घन

वि.सं.२०७३ माघ २४ सोमवार

837 

shares

२४ माघ, इटहरी । बराहक्षेत्र–४ का पुष्प बस्नेतले आठ वर्षअघि प्रेमविवाह गरेर विवाह गरी ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले घर बस्न दिएको आदेशको बस्नेत परिवारले ठाडो उल्लङ्घन गरेका छन् ।

जिल्ला अदालत सुनसरीले गरेको निर्णय पालना गर्न प्रहरीलाई दिएको आदेशको समेत उचित व्यवस्थापन हुन नसकेपछि पीडित ममताले आफ्नो घरमा बस्नका लागि प्रयत्न गर्दा श्रीमान् पुष्प तथा उनको ससुरा यज्ञबहादुर बस्नेत, सासू र परिवारका अन्य सदस्यसमेत घरमा ताला लगाएर फरार भएका छन् ।
चतरा बयरवन बजारमा रहेको घरमा पारालिगलका महिला नेत्री तथा छरछिमेक सञ्चारकर्मी र प्रहरी समेतको टोली ममतालाई विवाह गर्ने बस्नेतको घर पुग्दा घरमा भित्रबाट छिड्किनी लगाएको अवस्था पाइएकाले पीडित ममताले बाहिरी ढोका खोलेर घर प्रवेश गरे पनि परिवारका आधिकारिक मानिस फेला नपरेपछि समाज र प्रहरीले समेत ममतालाई आधिकारिक रुपमा जिम्मा लगाउन नसकेको पीडित ममताले बताउनुभयो ।

अदालतको आदेश आउनुअघि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले प्रतिमहिना १५ हजार खान लाउन दिनु भनेर कागजात गरी मिलापत्र गरेको र केही दिन प्रहरी हिरासतमा बसेर एकआपसमा मिल्ने सहमतिमा छाडिएका पुष्प बस्नेत लगायतका परिवारका मानिस अदालतको आदेशपछि घरमा ताला लगाएर भाग्नुले सो घटनामा बस्नेत परिवारले अदालतको आदेशलाई समेत चुनौती दिएर ममतालाई अन्याय गरेको स्थानीयवासीको भनाइ रहेको छ ।

उता इलाका प्रहरी कार्यालय चतराका प्रहरी नायब निरीक्षक रामदेव चौधरीले अदालतको आदेश भए पनि आफूहरुले कसैको घर तोडफोड गरेर मानिस बसाउन नमिल्ने बरु हामीले अदालतको आदेश मुताविक बस्नका लागि समाज राखेर छलफल गर्न सक्ने बताउनु भयो ।

एक वर्षको छोरीको आमासमेत भएकी ममतालाई पुष्प बस्नेतले विदेशबाट आएर काठमाडाँैमा २ वर्ष राखेर घर आएपछि घरमा बाबुआमाको दबाब झेल्न नसकेपछि कान्छी श्रीमती विवाह गरेको पाइएकाले यसमा परिवारका सबैको झालझेल रहेकाले यो घटनामा बस्नेत परिवारका सबै कानुनको दृष्टिमा कार्वाहीयोग्य रहेको पनि पारालिगलकी महिला नेत्री मीना राईले बताउनुभयो ।

वि.सं.२०७३ माघ २४ सोमवार ०३:५६ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...