back

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका सवारी साधन कोरोना संक्रमित बोक्न प्रयोग गरिने

वि.सं.२०७८ वैशाख २६ आइतवार

126 

shares
RBB AD
NTC AD

२६ बैशाख, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं कार्यालय प्रयोजनका लागि प्रयोग गरिने सवारी साधन कोरोना संक्रमित विरामीलाई बोक्न प्रयोग गरिने भएको छ ।
विश्व व्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या दोगडाकेदार गाउँपालिकामा समेत बढिरहेको अवस्थालाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको गाउँपालिकाद्धारा जारी सूचनामा जनाईएको छ ।

उक्त सूचना अनुसार उक्त सेवाका लागि एम्बुलेन्सका लागि विर सिंह ऐरी ९८६५७९२६७६, टिपरका लागि कृष्ण सिंह महरा ९८४८८९९६५६, बोलेरोका लागि धन सिंह कार्की ९८६५९८००५५ र कारका लागि लक्ष्मण प्रसाद जोशीको ९८४८४०८१७४ मा सम्पर्क गरेर सेवा लिन सकिने पालिकाले जनाएको छ ।

दोगडा केदारमा हाल १२ जना कोरोना संक्रमित रहेकोमा एकजना गम्भीर विरामीलाई जिल्ला अस्पतालमा पठाइएको पालिका अध्यक्ष चक्र बहादुर कार्कीले बताएका छन् । अध्यक्ष कार्कीका अनुसार अन्य सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

‘१०–१५ दिन अगाडि पालिकाका २ जनाको भारतबाट आउँदै गर्दा मृत्यु भएको छ । अन्य १२ जनामा एकजनाको अवस्था गम्भीर रहेकोले जिल्ला अस्पतालमा पठाइसकेका छौं भने अन्य ११ जनाको सामान्य अवस्था रहेको छ ।’ अध्यक्ष कार्कीले संसारन्युजसँग भने ।

अध्यक्ष कार्कीका अनुसार पालिकामा २ जना डाक्टरसहित २४ बेडसहितको कोरोना अस्पताल निर्माण गरिएको छ । जसमा हाल दुईवटा अक्सिजन सिलिण्डर मात्र रहेका छन् । ‘अन्य सिलिण्डरको जोहो गर्न खोजिरहेका छौं तर पाइएको छैन ।’ अध्यक्ष कार्कीले भने ।

त्यस्तै पालिकाले कोरोना तथा अन्य स्वास्थ्यका विषयमा परामर्श लिनु परेमा निम्न नम्बरमा फोन गरेर सल्लाह लिन सकिने सूचना समेत जारी गरेको छ ।

No photo description available.

No photo description available.

 

 

वि.सं.२०७८ वैशाख २६ आइतवार ०७:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै शर्मा, मासिक एक लाख बचत गर्छन्

बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै शर्मा, मासिक एक लाख बचत गर्छन्

कैलाली । कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश मानिसहरु रोजगारीका...

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा...

ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते

डडेल्धुरा । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु...

बाजुरामा आगलागी हुँदा तीन घर नष्ट

बाजुरामा आगलागी हुँदा तीन घर नष्ट

बाजुरा । जिल्लाको पूर्वी-उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो...

 नदीमा डुबेर दुई जनाको मृत्यु, दुई  घाइते

 नदीमा डुबेर दुई जनाको मृत्यु, दुई  घाइते

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुई...

घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न...