back

घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

वि.सं.२०८१ वैशाख २२ शनिवार

267 

shares
RBB AD
NTC AD

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हँुदा ठगुन्नाको घरगोठ नष्ट भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका तथा एउटा भैँसी जलेर मरणासन्न अवस्थामा छ । घरसँगै अन्न, लुगाकपडा, गहना, महत्वपूर्ण कागजपत्र र रु पाँच लाख नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले बताए ।

स्थानीय बासिन्दा र प्रहरीले आगलागी नियन्त्रणका लागि भगीरथ प्रयास गरे पनि ठगुन्ना परिवारको घर गोठ जोगाउन भने सकेनन् । “ठगुन्ना परिवारको घर गोठमा आगलागी हुँदा निकै ठूलो क्षति भएको छ”, स्थानीय अरुणकुमार सिंहले भने, “शरीरमा लगाएको लुगाबाहेक पीडित परिवारसँग केही बचेन ।” आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ ।

रासस /फाइल फाेटाे

वि.सं.२०८१ वैशाख २२ शनिवार ०७:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि...

चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन

चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन

बैतडी । जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला...

टीकापुरका पशुपालक किसानका समस्या समाधान गर्न छलफल

टीकापुरका पशुपालक किसानका समस्या समाधान गर्न छलफल

टीकापुर । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि...

पालिकाले दिने भयो किसानलाई  ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

पालिकाले दिने भयो किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

गोदावरी (कैलाली) । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध...

कर्णाली र सुदूरपश्चिम सरकारको प्राथमिकतामाः मन्त्री भण्डारी

कर्णाली र सुदूरपश्चिम सरकारको प्राथमिकतामाः मन्त्री भण्डारी

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त...