-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

यसकारण फेरि आउन सक्छन् ओली…



वैशाख २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त नगरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० सम्मको समय सीमा दिँदै बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठनको आव्हान गरेकी छिन् । उनले संविधानको धारा ७२ को उपधारा २ अनुसार बहुमतीय प्रक्रियाबाट सरकार गठनको आव्हान गरेकी हुन् । राष्ट्रपतिको आव्हानसँगै अहिले दलहरु सत्ता समिकरण निर्माणमा लागि दौडधुपमा देखिएका छन् ।

तर, सत्ता अंकगणितमा निर्णायक मानिएका राजनीतिक शक्तिहरुभित्रको द्वन्द र अलमलले बहुमतीय प्रक्रियाबाट सरकार बन्ने सम्भावना भने क्षीण देखिन थालेको छ । मुख्यतः नेकपा (एमाले)भित्रको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)भित्रको पूर्वराजपा समूहको अनिर्णयका कारण यस्तो देखिएको हो ।

माधव नेपाल समूह ओलीसँग विभिन्न माग राख्दै राजीनामाको विकल्प खोजिरहेको छ भने पार्टीभित्रै अल्पमतमा परेको पूर्वराजपा समूह ओलीलाई पुनः सत्तामा ल्याउने कसरतमा जुटेको छ । यसअघि सोमबार प्रतिनिधि सभामा भएको मतदानमा जसपाको पूर्वराजपा समूह तटस्थ देखिएको थियो भने नेपाल समूहले बहिस्कार नै गरेको थियो ।

माधव पक्षको अलमल

ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सोमबार भएको मतदानमा माधवकुमार नेपाल पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । जसमध्ये प्रत्यक्ष निर्वाचित २० र समानुपातिक तर्फका ८ सांसद अनुपस्थित थिए । उनीहरुको अनुपस्थितिसँगै १२१ सांसद भएको एमालेबाट ओलीको पक्षमा मात्रै ९३ मत परेको थियो ।

ओलीलाई विश्वासको मत नदिलाउन निर्णायक देखिएको माधव पक्ष आगामी समय कस्तो भूमिकामा देखिन्छ भन्ने कुराले नै नयाँ सरकार निर्माणमा निर्णायक भूमिका खेल्नेछ । यदि माधव पक्ष हालको जस्तै अलमलमा देखियो भने वैकल्पिक सरकार निर्माण कार्य असम्भव हुनेछ ।

संसदीय अंकगणितमा महत्वपूर्णं देखिएको माधव समूहले एकातिर सामूहिक राजीनामा दिएमा वैकिल्पक सरकार निर्माणको बाटो सहज हुनेछ भने अर्कोतिर ओलीलाई नै सहयोग गर्ने निर्णय गरेमा ओली कै निरन्तरताको सम्भावना पनि रहनेछ । बहुमतीय प्रक्रियाबाट सरकार निर्माण गर्न तोकिएको ३ दिनको समयसीमाभित्र माधव समूहको निर्णय नै सर्वोपरि हुने सम्भावना छ ।

जसपाभित्रको द्वन्द

सत्ता समिकरण निर्माणमा एमालेको माधव समूह जस्तै जसपाको भूमिका पनि निकै महत्वपूर्णं छ । सोमबारको मतदानका बेला संसदमा जसपा विभाजित देखिएको छ । जसपाको बहुमत पक्षले प्रधानमन्त्री ओलीको विपक्षमा मत हालेको थियो भने जसपाको पूर्वराजपा समूहले तटस्थ तर्फ मत हालेको थियो ।

मतविभाजनमा ओलीको विपक्षमा १७ र तटस्थमा १५ देखिएका थिए । ३२ सांसद भएको जसपा सत्ता अंकगणितमा निकै महत्वपूर्णं स्थानमा छ । यदि जसपाको पुरै मत वैकल्पीक सरकार निर्माणको पक्षमा उभिएमा सहज रुपमा नयाँ सरकार बन्नेछ भने ओलीको पक्षमा उभिएमा पुनः ओलीकै नेतृत्वमा सरकार निर्माण हुनेछ ।

तर, अहिले जसपा विभाजित अवस्थामा देखिएको छ । सोमबारको मतदानमा तटस्थमा मत हालेको जसपाको पूर्वराजपा समूह पुनः ओलीलाई नै निरन्तरता दिनुपर्ने लाईनमा छ भने जसपाको बहुमत समूह वैकल्पिक सरकार निर्माणको लाईनमा छ । तर, जसपा एक हुन नसकेको खण्डमा र स्पष्ट हुन नसकेको खण्डमा भने ओलीलाई नै फाईदा पुग्नेछ ।

अंकगणित ओलीकै पक्षमा
सोमबार ओलीको पक्ष/विपक्षमा भएको मतदानमा पक्षमा ९३, विपक्षमा १२४ र तटस्थमा १५ मत परेको थियो । एमालेकै २८ सांसद अनुपस्थित हुनु र हालकै सरकारको निरन्तरतामा देखिएका १५ सांसदले तटस्थमा भोट हालेसँगै ओलीले विश्वासको मत गुमाएका थिए ।

तर, सोमबारको मतदानमा अनुपस्थित २८ सांसद र तटस्थमा मत दिएका १५ सांसदको भूमिका नै आगामी सत्ता समिकरण निर्माणका लागि महत्वपूर्णं हुने देखिएको छ । यदि यी सबै सांसदलाई आफ्नो पक्षमा पार्न सके ओली पुनः सत्तामा पुग्ने निश्चित छ ।

यदि बहुमतीय प्रक्रियाको चरणमा माधव पक्षका २८ र तटस्थमा देखिएका जसपाका १५ सांसदले हालकै जस्तै व्यवहार प्रदर्शन गरे पुनः ठूलो दलको हैसियतमा ओलीले सरकार निर्माण गर्न सक्नेछन् । ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपति भण्डारीले पुनः संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री दाबी गर्न आव्हान गरेकी छिन् ।

तर दुई वा दुईभन्दा बढि दलको तर्फबाट बहुमत देखाउन नसके संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्रीको खोजी हुनेछ । धारा ७६ को उपधारा ३ मा भएको प्रावधानअनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतमा पुनः ओली कै नेतृत्वमा सरकार गठन हुनसक्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस