२८ बैशाख, पोखरा । गण्डकी प्रदेशमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दीका १, पोखरा महानगरपालिकाका ६, रुपन्देहीका २, तनहुँ १ र स्याङजाका १ गरी ११ जना रहेका छन् ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीको बेनी नगरपालिका ९ की ५२ वर्षीया महिलाको मणिपाल अस्पतालमा उपचारका क्रममा सोमबार राति २ः५० मा मृत्यु भएको छ । उनमा बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पोखरा महानगरपालिका १७ का ८४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति ११ः४५ मा मृत्यु भएको छ । उनमा सोमबार नै संक्रमण पुष्टि भएको थियो ।
स्याङको भिरकोट नगरपालिका १ का ६८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति ३ः४५ बजे मृत्यु भएको छ । उनमा बैशाख २० गते संक्रमण पुष्टि भएको थियो ।
तनहुँको व्यास नगरपालिका १ की ५७ वर्षीया महिलाको पश्चिमान्चल सामुदायिक अस्पताल पोखरामा उपचारका क्रममा सोमबार दिउँसो १ः२४ मा मृत्यु भएको छ । उनमा सोमबारै संक्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका १६ की ६० वर्षीया महिलाको पनि पश्चिमान्चल सामुदायिक अस्पताल पोखरामा सोमबार दिउसँको १ः२४ मा मृत्यु भएको छ । उनमा पनि सोमबारै संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पोखरा महानगरपालिका ६ का ५२ वर्षीय पुरुषको पनि सोमबार राति १ः१५ फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उनमा सोमबारै संक्रमण पृष्टि भएको थियो ।
महानगर २१ का ८० वर्षीय पुरुषको होम आइसोलेशनमै मृत्यु भएको छ । उनमा बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।
पोखरा महानगर ८ का ६५ वर्षीय पुरुषको पनि उपचारका क्रममा सोमबार राति मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा बैशाख १८ गते संक्रमण पुष्टि भएको थियो । साथै महागर ६ की ३२ वर्षीया युवतीको पनि उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ः३० मा मृत्यु भएको छ । उनमा बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ की ५५ वर्षीया महिलाको पश्चिमान्चल सामुदायिक अस्पताल पोखरामा सोमबार दिउँसो १ः२४ मा मृत्यु भएको छ । उनमा बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।
रुपन्देहीको सैनामैना नगरपालिका १ का ४० वर्षीय पुरुषको मंगलबार बिहान ४ः३० मा चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।


वि.सं.२०७८ वैशाख २८ मंगलवार १२:४० मा प्रकाशित






























