२८ बैशाख, रुपन्देही । रुपन्देहीमा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा १ का ६४ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ८ः४२ मा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख १८ मा कोरोना पुष्टि भएका उनमा ज्वरो तथा स्वास–प्रस्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।
तिलोत्तमा २ का ५६ वर्षीय पुरुषको पनि ३६ गते राति ९ः५० मा मृत्यु भएको छ । २३ बैशाख देखि लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयुमा उपचार गराइरहेका उनमा ज्वरो र स्वास प्रस्वासमा समस्या देखिएको थियो ।
बुटवल उपमहानगरपालिका ७ का ४५ वर्षीय पुरुषको पनि उपचारकै क्रममा सोमबार बिहान ७ः५२ मा मृत्यु भएको अस्पतालले जनाएको छ । बैशाख २३ गते संक्रमण पुष्टि भएपछि २४ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका उनमा पनि ज्वरो र स्वास प्रस्वासमा समस्या रहेको थियो ।
तुल्सीपुर दाङकी ३७ वर्षीया महिलाको उपचारका क्रममा बैशाख २६ गते राति १०ः०७ मा मृत्यु भएको अस्पतालले जनाएको छ । बैशाख १८ गते संक्रमण पुष्टि भएपछि सोहिदिननै अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेकी उनमा ज्वरो र स्वास प्रस्वासमा समस्या रहेको थियो ।
देवदह ३ की ८० वर्षीय महिलाको पनि सोमबार बिहान १२ः३० मा अस्पतालको इमरजेन्सीमै उपचारका क्रममा मृत्यु भएको छ । बैशाख १६ गते संक्रमण पुष्टि भएकी उनी २६ गते अस्पतालको इमरजेन्सीमा भर्ना भएकी थिइन् । उनमा पनि उच्च ज्वरो र स्वास प्रस्वासमा समस्या रहेको थियो ।
बनगाई कपिलवस्तुका ४३ वर्षीय पुरुषको २६ गते राति १०.०७ बजे कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । बैशाख १८ गते संक्रमण पुष्टि भएका उनी १८ गतेदेखि नै अस्पतालमा भर्ना भएका थिए ।
बुटवल ११ का ५५ वर्षीय पुरुषको पनि सोमबार बिहान ११ः२७ मा मृत्यु भएको छ । आइतबार अस्पतालको आइसीयुमा उपचार गराइरहेका उनमा ज्वरो र स्वास प्रस्वासमा समस्या रहेको थियो ।
बुद्धभुमि ९ कपिलवस्तुका ६० वर्षीय पुरुषको सोमबार दिउँसो २ः१४ मा मृत्यु भएको छ । बैशाख २५ गते संक्रमण पुष्टि भएपछि सोहिदिन आइसीयुमा भर्ना भएका उनमा ज्वरो र स्वास प्रस्वासमा समस्या रहेको थियो ।
वि.सं.२०७८ वैशाख २८ मंगलवार १३:०८ मा प्रकाशित






























