२९ बैशाख, काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशीक अस्पतालका अनुसार बैशाख २४ गते कोरोना संक्रमण पुष्टि भई २७ गते अस्पताल भर्ना भएका तिलोत्तमा- ६ की ७० वर्षीया महिलाको आज बिहान ७ः५२ मा मृत्यु भएको छ ।
तिलोत्तमाकै ५७ वर्षीय पुरुषको पनि उपचारका क्रममा आज बिहान ५ः५२ मा मृत्यु भएको छ । बैशाख २४ गते संक्रमण पुष्टि भएका उनी सोहिदिन अस्पतालमा भर्ना भएका थिए । उनमा उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको थियो ।
पाल्पा तानसेनका ३८ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको छ । कोरोना संक्रमण भए सोमबार अस्पताल भर्ना भएका उनको मंगलबार मृत्यु भएको हो ।
त्यस्तै बैशाख २६ गते संक्रमण पुष्टि भएका रुपन्देही सैनामैना ७ का ३६ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार बेलुका ६ः३५ मा मृत्यु भएको छ ।
बुटवल ११ का ५२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार बेलुका ५ः३३ मा मृत्यु भएको छ । २७ गते संक्रमण पुष्टि भएका उनमा ज्वरो र स्वास प्रस्वासमा समस्या रहेको थियो ।
बुटवल ६ का ४४ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार बेलुका ७ बजे मृत्यु भएको छ । बैशाख २५ गते संक्रमण पृष्टि भएका उनमा पनि ज्वरो र स्वास प्रस्वासमा समस्या रहेको थियो ।
वि.सं.२०७८ वैशाख २९ बुधवार १२:१० मा प्रकाशित