back
CTIZAN AD

रुपन्देहीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ वैशाख २९ बुधवार

675 

shares

२९ बैशाख, काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशीक अस्पतालका अनुसार बैशाख २४ गते कोरोना संक्रमण पुष्टि भई २७ गते अस्पताल भर्ना भएका तिलोत्तमा- ६ की ७० वर्षीया महिलाको आज बिहान ७ः५२ मा मृत्यु भएको छ ।

तिलोत्तमाकै ५७ वर्षीय पुरुषको पनि उपचारका क्रममा आज बिहान ५ः५२ मा मृत्यु भएको छ । बैशाख २४ गते संक्रमण पुष्टि भएका उनी सोहिदिन अस्पतालमा भर्ना भएका थिए । उनमा उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको थियो ।

पाल्पा तानसेनका ३८ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको छ । कोरोना संक्रमण भए सोमबार अस्पताल भर्ना भएका उनको मंगलबार मृत्यु भएको हो ।

त्यस्तै बैशाख २६ गते संक्रमण पुष्टि भएका रुपन्देही सैनामैना ७ का ३६ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार बेलुका ६ः३५ मा मृत्यु भएको छ ।

बुटवल ११ का ५२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार बेलुका ५ः३३ मा मृत्यु भएको छ । २७ गते संक्रमण पुष्टि भएका उनमा ज्वरो र स्वास प्रस्वासमा समस्या रहेको थियो ।

बुटवल ६ का ४४ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार बेलुका ७ बजे मृत्यु भएको छ । बैशाख २५ गते संक्रमण पृष्टि भएका उनमा पनि ज्वरो र स्वास प्रस्वासमा समस्या रहेको थियो ।

No photo description available.

वि.सं.२०७८ वैशाख २९ बुधवार १२:१० मा प्रकाशित

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...