back
CTIZAN AD

महन्थ ठाकूर समूहलाई बाबुरामको सुझाब : सौताको रिसले पोइको नाक नकाटौं !

वि.सं.२०७८ वैशाख २९ बुधवार

852 

shares

वैशाख २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने कि नगर्ने भन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) विभाजित छ । बहुमत पक्ष ओलीको विकल्प खोज्नुपर्ने लाईनमा उभिएको बेला जसपाको महन्थ ठाकूर समूह भने ओलीलाई नै सहयोग गरेर जानुपर्ने लाईनमा अडिग छ ।

जसपाभित्र देखिएको यस्तो विभाजनले वैकल्पिक सरकार बन्ने कुरामा अन्यौंलता सिर्जना गराएको छ । साथै ओलीकै नेतृत्वमा पुनः सरकार बन्ने सम्भवनाको पनि संकेत गराएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त नगरेसँगै राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको लागि आव्हान गरेकी थिइन् । तर, अंकगणितमा महत्वपूर्णं मानिएको जसपाको अन्यौंलताको कारण गठबन्धने सरकार नबन्ने त होइन् भन्ने प्रश्न खडा भएको छ ।

‘सौताको रिसले पोइको नाक नकाटौं’

गठबन्धनको सरकार बन्ने विषयमा देखिएको अन्यौंलताका बीच जसपाका नेता डा. बाबुराम भट्टराईले कित्ता स्पष्ट पार्न जसपाका नेताहरुलाई आग्रह गरेका छन् । उनले वैकल्पिक सरकार राष्ट्रिय आवश्यकता भएको पनि बताएका छन् ।

भट्टराईले जसपाको कारण राष्ट्र नै अनिर्णयको बन्दी बन्नु दुःखद भएको बताए । उनले धारा ७६ (२) अनुसारको वैकल्पि सरकार बनाउन योगदान गर्न नेताहरुलाई आव्हान गरेका छन् ।

नेताहरुलाई उनको भनाई छ, ‘सौताका रिसले पोइको नाक काटे झैं नगरौं ।’

वि.सं.२०७८ वैशाख २९ बुधवार ११:५८ मा प्रकाशित

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी । ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले...

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

आज हिमाल/पहाडका केही स्थानमा मध्यम वर्षा, यी प्रदेशमा तातो लहर हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...