२९ बैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाबिर पुनले कोरोना महामारीमा सघाउनका लागि देशैभरीका इन्जिनियरहरुसँग अनुरोध गरेका छन् ।
कोरोना महामारीसँग जुध्नका लागि तत्काल तयारी र व्यवस्थापन गर्नुपर्ने भन्दै पुनले देशैभरीका सीप भएका इन्जिनियर सामु यस्तो अनुरोध गरेका हुन् ।
‘देशका बिभिन्न ठाउँहरुमा बिग्रेका अक्सिजन प्लान्टहरु र मेडिकल उपकरणहरुलाई मर्मत गर्नको लागी सिपालु ईन्जिनियर र टेक्निसियनहरुको ३ वटा टीम बनाउनु पर्यो । सो टीम आबश्यकता परेको ठाउँमा तुरुन्त जाने छन र बिग्रेको सामानहरु चालु गर्नका लागी सकेको कोशिश गर्ने छन् ।’
पुनले यस अनुसारको काम गर्नको लागी ईच्छुक ईन्जिनियरहरुले ९८४१५९२३६१ म तत्काल सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
कोरोना को महामारी संग जुध्न को लागी तुरुन्त व्यवस्था गरिहाल्नु पर्ने कुरा हेर्नु होस् र शीप हुनेले सम्पर्क गर्नु…
Posted by Mahabir Pun on Tuesday, May 11, 2021
‘आबश्यक पारिश्रमिक दिइने छ । तर अक्सिजन प्लान्ट मर्मत गर्न जानेको हुनु पर्छ । साथै भेन्टिलेटर र अन्य मेडिकल उपकरण मर्मत गर्न जान्ने पनि सम्पर्क गर्नु होला,’ उनले भनेका छन्, ‘यी ३ वटा टीमहरुलाई घुम्नको लागी ३ वटा गाडी पनि चाहियो । कसैले गाडी उपलब्ध गराउन चाहनु हुन्छ भने पनि सम्पर्क गर्नु होला । ड्राइभर सहित गाडीको भाडा कति हुन्छ भन्नु होस् । अथवा तेल भरेर गाडी दिन चाहनु हुन्छ भने पनि सम्पर्क गर्नु होला ।’
वि.सं.२०७८ वैशाख २९ बुधवार ११:४२ मा प्रकाशित






























