back
CTIZAN AD

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

वि.सं.२०७८ जेठ ५ बुधवार

726 

shares

५ जेठ, काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खड्गजीत बरालको आज ९३ वर्षका उमेरमा आफ्नै निवास महाराजगञ्जमा निधन भएको छ ।

विसं २०२९ साउनदेखि २०३५ जेठसम्म नेपालका नवौँ प्रहरी महानिरीक्षक भएका उनी राजदूत पनि थिए । बरालले प्रहरी सङ्गठनको प्रणाली विकास गर्ने सिलसिलामा महत्वपूर्ण योगदान गरेका प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।

प्रहरीको राशन व्यवस्थापन, ब्यारेक, अस्पताल र प्रहरी स्कूल बनाउनमा उनका महत्वपूर्ण योगदान रहेको प्रहरी अधिकारीहरु स्मरण गर्छन् ।

नेपाल प्रहरीको श्रीवृद्धि र उन्नतिमा अतुलनीय योगदान पुर्याएका उनी सङ्गठनको युगपुरुषका रुपमा स्थापित भएका प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । पूर्वमहानिरीक्षक बरालको आजै पशुपती आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
रासस

वि.सं.२०७८ जेठ ५ बुधवार १५:४४ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

दलित समुदायः सङ्घर्ष, सीप र सम्मानको खोजी

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक र सांस्कृतिक केन्द्र मानिने यस...