back
CTIZAN AD

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

वि.सं.२०८३ जेठ १८ सोमवार

438 

shares

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई लक्षित गर्दै नेपालमै पहिलो पटक ’युनियन पे आरएमबी कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड ब्रान्ड युनियनपेसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो । यो नयाँ सेवाले चीन जाने नेपाली विद्यार्थी, व्यवसायी तथा पर्यटकहरूका लागि भुक्तानी प्रक्रियालाई निकै सुलभ र सहज बनाउने विश्वास लिइएको बैंकले जनाएको छ ।

यस कार्डको प्रयोगबाट ग्राहकहरूले चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड एवं इकमर्स प्लेटफर्महरू मार्फत सहजै कारोबार गर्न सक्नेछन् । यो कार्डमार्फत हुने कारोबार चिनियाँ मुद्रामा नै सहजै भुक्तानी हुने भएकाले यो बजारमा उपलब्ध अन्य उपकरणहरूको तुलनामा निकै मितव्ययी र सर्वस्वीकार्य हुने पनि बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागद्वारा स्वीकृत सीमासम्मको रकम यस कार्डमा लोड गर्न सकिनेछ । ग्राहकहरूले यसलाई युनियनपेको सञ्जालसँग आबद्ध भएका अलिपे प्लस, वेच्याटपे र निहाओ चाइना जस्ता क्यूआर एवं अन्य माध्यमहरूमा जोडेर सिधै चिनियाँ मुद्रामै भुक्तानी गर्न सक्नेछन् ।

काठमाडौँको आयोजित एक कार्यक्रमका बीच हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा युनियनपे इन्टरनेसनलकी उपाध्यक्ष ज्याङ बेइले संयुक्त रूपमा यो कार्ड सेवाको शुभारम्भ गरेका छन् ।

वि.सं.२०८३ जेठ १८ सोमवार १५:२९ मा प्रकाशित

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

नेपाल भलिबल लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेश र सगरमाथा भिड्दै

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को...

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...