back
CTIZAN AD

बाघको आक्रमणबाट प्रहरी निरीक्षकसहित चार घाइते

वि.सं.२०७३ माघ २५ मंगलवार

765 

shares

२५ माघ,पर्सा  । जिल्लाको महुवन गाविसमा आज जङ्गलबाट आएको बाघले आक्रमण गर्दा एक प्रहरी निरीक्षकसहित चारजना सख्त घाइते भएका छन् ।

पर्साको महुवन गाविसको खेतमा काम गरिरहेका बेला अचानक जङ्गलबाट आएको बाघले आक्रमण गर्दा पर्सा लखनपृर गाविस–९ का मोतीलाल यादव, आसमान राउत कुर्मी तथा रामनगरी–७ का महिन्दर सहनीलाई आक्रमण गरेको हो ।

बाघले आक्रमण गरेको स्थानीय बासिन्दाले पर्सा प्रहरीलाई जानकारी दिएपछि अस्थाई प्रहरी चौकी महुवनका इन्चार्ज अरुण झा र इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चक्र शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बाघलाई धपाउन खोज्दा बाघले प्रहरी निरीक्षक शाह र अरुण झालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ ।

यसैबीच, मानव वस्तीमा प्रवेश गरी सर्वसाधारणमाथि आक्रमण गर्ने बाघलाई आज अपरान्ह प्रहरीले गोली हानेर मारेको छ ।

प्रहरीले चलाएको गोली लागी घाइते भएको बाघ पर्साको लखनपुर–७ एकडढवा टोलमा रहेको बाँसको झ्याङबाट मृत अवस्थामा फेला परेको हो ।

बाघको आक्रमणमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक चक्रबहादुर शाह, लखनुपर–९ का मोतीलाल यादव, आसमन पटेल(राउत कुर्मी) र रामनगरी–७ का महिन्दर सहनीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडाँै पठाइएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ माघ २५ मंगलवार १४:२७ मा प्रकाशित

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक ३८ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२...

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

 कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि

लन्डन । कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना...

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन...

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा...

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग...

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात...