Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

मोटरसाइकल दुर्घटनामा दुई युवकको मत्यु, तीन घाइते



२६ माघ, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ खैरभट्टीमा मङ्गलबार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीका अनुसार से ५ प २२६४ र म १ प ३६३४ एक आपसमा ठोक्किँदा कैलालीको धनगढीस्थित तारानगरका २२ वर्षीय सुरज पार्की र कञ्चनपुरको बेदकोट नगरपालिका–२ भम्काका २३ वर्षीय रहिस ओखेडाको मृत्यु भएको छ ।

मृतकद्वय पार्की र ओखेडा से ५ प २२६४ नं को मोटरसाइकलमा सवार थिए । त्यसैगरी, म १ प ३६३४ मा सवार भीमदत्तनगरपालिका–१८ खैरभट्टीका ४१ वर्षीय मेखराज भण्डारी, उहाँकी श्रीमती र छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम