११ जेठ, काठमाण्डौ । पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराइले संसद पुर्नस्थापना हुनेमा बिश्वास ब्यक्त गरेका छन ।
सो समाजको तर्फबाट जेठ ११ मा जारी बिज्ञप्तिमा उनले भनेका छन ‘ विश्व नै कोभिड १९ को महामारीबाट त्रसित छ । दक्षिण एशिया सन्त्रस्त छ । नेपालमा पिसिआर परीक्षण गरेकामध्ये झण्डै ५० प्रतिशतको हाराहारीमा कोभिड पोजेटिभ देखिएको छ । अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभावले जनता मरिरहेका छन् । सरकारले सम्पूर्ण बजेट स्वास्थ्यमा लगाएर ती सामानहरुको व्यवस्थापन गरी बिरामीको खानपान उपचार गर्न र सबैलाई पुग्ने भ्याक्सिन खरिद गरी सबै उमेर समूहको जनतालाई भ्याक्सिन लगाउनु पर्ने अवस्थामा संसद बिघटन गरेर मध्यावधि चुनाव घोषणा गरीएकोमा समाजको गंभिर ध्यानाकर्षण भएको छ । ’
‘ हाम्रो संविधानको धारा ७६(३) का प्र.म.ले ७६(४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनु पर्नेमा राजीनामा समेत नगरी प्रक्रिया नै मिचेर असंवैधानिक रुपले राष्ट्रपतिलाई ७६(५) बमोजिम सरकार गठन गर्न सिफारिस गर्ने काम नै असंवैधानिक भएको ठहर हामीले गरेका छौ । राष्ट्रपतिले पनि प्रतिनिधि सभामा विश्वासको मत लिएर आउनुस् भन्नुको सट्टा ७६(५) बमोजिम नियुक्त भई सपथ ग्रहण समेत नगरेका प्र.म को सिफारिसमा मध्यरातमा प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक कामबाट संविधानको उल्लंघन गर्नु भएको छ । अत यो कार्यको सबै क्षेत्रबाट प्रतिवाद गर्न पुष्पलाल अध्ययन समाज आग्रह गर्दछ । ’ बक्तब्यमा भनिएको छ ।
‘ हालै जारी भएको देशलाई फिजी बनाउने राष्ट्रघाती नागरिकता विधेयकको अध्यादेश फिर्ता लिन, तराईमा घरबार नभएका डुम, मुसहर, पासवान, चमार र अन्य सुकुम्बासीलाई नागरिकता टोली पठाएर दिन र ती सुकुम्बासीलाई तुरुन्त अन्य क्षेत्रबाट बजेट कटाएर घरबासको व्यवस्था गर्न माग गर्दछ । नेकपाका संस्थापक महासचिव पुष्पलालको संसद पुर्नस्थापना सम्बन्धि तत्कालीन मागलाइ स्मरण गर्दै व्यक्तिले चुनाव खर्च गर्ने परीपाटीको अन्त्य गरी प्रत्यक्ष कार्यकारीको चुनावका लागी संविधान संसोधन समेत गरीअघि बढन सम्पुर्ण राजनैतिक दलहरुमा आग्रह गर्दै गैर संवैधानिक रुपमा पुन विघटन गरिएको प्रतिनिधिसभा पुन पुनस्र्थापना हुने बिश्वास ब्यक्त गर्न चाहान्छौ । ’ बक्तब्यको अन्तमा भनिएको छ । भटराइले यस अघि पौषमा बिघटन भएको १ घण्टामै प्रतिनिधि सभा पुनस्र्थापना हुने भन्दै टेलिभिजन मार्फत प्रतिक्रिया दिएका थिए ।
वि.सं.२०७८ जेठ ११ मंगलवार ११:१६ मा प्रकाशित






























