back
CTIZAN AD

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

वि.सं.२०८३ जेठ १८ सोमवार

297 

shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण गरिने भएको छ ।

विसं २०८२ भदौ तेस्रो साता भएको ‘जेनजी’ आन्दोलनका क्रममा बनेपा नगरपालिका तोडफोड एवं आगजनी भएको थियो । बनेपा नगरपालिका काभ्रे जिल्लाको पुरानो नगरपालिका हो ।

हाल १० नं वडा कार्यालयबाट अस्थायी रुपमा नगर कार्यालय सञ्चालन हुँदै आएको क्षतिग्रस्त उक्त भवन पुनर्निर्माण नहुने भएपछि ५ नं वडास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा सारिन लागिएको हो ।

नगरको स्वामित्वमा रहेको जग्गमा स्थापित शिक्षालयका ती भवनलाई अस्थायी प्रशासकीय कार्यालयका रुपमा प्रयोग गर्ने तयारी गरेको बनेपा नगरपालिकाले जनाएको छ ।

शिक्षालयमा हाल प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत विभिन्न विषयमा तीनवर्षे स्नातक तहका तथा छोटो अवधिका सीपमूलक तालिम समेत सञ्चालन हुँदै आएका छन् ।

नगरप्रमुख शान्तिरत्न शाक्यले शिक्षालयको नियमित शैक्षिक गतिविधिमा कुनै अवरोध नपु¥याई नगरको प्रशासनिक कार्यालय सञ्चालन गर्न खोजेको बताए ।

उनका अनुसार नगरले आगामी आर्थिक वर्षको सुरुआतदेखि शिक्षालयका भवनबाट नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । जेनजी आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बनेपा नगर कार्यालयमा क्षति पुगेको थियो ।

नगर कार्यालयले भने स्थानीय सरकारको अधिकार प्रयोग गरी आफ्नो नाममा रहेको शिक्षालयको ८० रोपनी जग्गा र संरचनालाई मातहत ल्याउने निर्णय गरेको छ ।

निर्णयको चौतर्फी विरोध भएपछि नगरले ‘स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर सभाबाट नै पास गरी उक्त निर्णय गरेको’ स्पष्ट पार्दै आएको छ । नगरप्रमुख शाक्यले नगरसभाको निर्णयअनुसारनै शिक्षालयलाई पत्राचार गरेको बताए ।

आन्दोलनका क्रममा कार्यालयमा करिब रु दश करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उल्लेख छ । बजेट व्यवस्थापन गर्न सकिए यसअघि बनाइएको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) अनुसार क्षतिग्रस्त भवन भत्काएर आठतले सुविधायुक्त नयाँ भवन बनाइने शाक्यले बताए ।

उनका अनुसार जसमध्ये दुई तला भूमिगत पार्किङ रहनेछ । उक्त योजनाअनुसारको भवन निर्माण गर्न रु ८० करोड लाग्ने शाक्यले जानकारी दिए ।

वि.सं.२०८३ जेठ १८ सोमवार १३:०५ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...