back
CTIZAN AD

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

वि.सं.२०८३ जेठ १८ सोमवार

345 

shares

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा आगामी भदौमा ‘नाडा अटो शो २०२६’ हुने भएको छ । नेपालकै सबैभन्दा भव्य र प्रतिष्ठित यो अटोमोबाइल प्रदर्शनीको १८औं संस्करण आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना हुन लागेको हो ।

प्रदर्शनीका लागि यहि जेठ १८ गतेदेखि २६ गतेसम्मका लागि स्टल बुकिङ खुल्ला गरिएको नाडाले जनाएको छ । ६ दिनसम्म चल्ने यस भव्य मेलामा विभिन्न ब्रान्डका सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा (अटो लोन) एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको सहभागिता रहने जनाइएको छ ।

नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, अत्याधुनिक प्रविधि र सेवाहरू ग्राहकमाझ प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ । यस वर्षको प्रदर्शनीमा पनि हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ ।

स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी ग्लोबल एक्स्पोजिसनबाट प्राप्त गर्न सकिने नाडाले उल्लेख गरेको छ । आयोजकले इच्छुक सम्पूर्ण सहभागी संस्थाहरूलाई समयमै आफ्नो स्टल बुकिङ सुनिश्चित गरी यस प्रतिष्ठित प्रदर्शनीको हिस्सा बन्न हार्दिक अनुरोध समेत गरेको छ ।

वि.सं.२०८३ जेठ १८ सोमवार १३:१९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...