११ जेठ, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन ।
२०२१ को संस्करणका लागि सन्दिपलाई ट्रिन्बागो नाईट राइडर्सले टिममा भित्राएको छ । सिपिएलले आफ्नो आधिकारीक फेसबुक पेजबाट पोस्ट गदैँ सन्दिपलाई ट्रिन्बागोको टिमले भित्राएको जानकारी दिएको हो ।
केहि दिन अघिमात्र सन्दिपलाई जमैका तलैवाजको टिमले रिलिज गरेको थियो । सन्दिपले २०२० को सीपीएलमा ११ म्याचमा खेल्दैैँ १२ विकेट लिएका थिए । क्यारेबियन प्रिमियर लिग टी–२० क्रिकेटको नयाँ संस्करण अगष्ट २८ बाट सुरु हुँदैछ ।
वि.सं.२०७८ जेठ ११ मंगलवार ११:३९ मा प्रकाशित


























