११ जेठ, काडमाडौँ । नेपाली काँगेसका नेता गगन थापाको पहलमा काठमाडौँ महानगरपालिका वडा नं ३० रातोपुलमा ३० शैयाको आइसोलेसन सेन्टर सुरु गरिएको छ ।
सांसदको कार्यालय काठमाडौँ क्षेत्र नं ४ सँगको समन्वयमा कामपना ३० को नेतृत्वमा विभिन्न संस्थासँगको साझेदारीमा कोभिड १९ आइसोलेसन सेन्टर स्थापना गरिएको नेता थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सो आइसोलेसन सेन्टरमा सामान्य लक्षण भएका संक्रमितलाई निःशुल्क उपचार दिनेगरी बनाइएको सो आइसोलेसन सेन्टरमा पूर्वाधार, उपकरण र जनशक्ति उपलब्ध रहेको जनाइएको छ ।
चिकित्सको नेतृत्वमा करिब २० जना स्वास्थयकर्मीहरु परिचालित गरिएको जानकारी दिँदै नेता थापाले संक्रमित बिरामीलाई लान ल्याउन पनि निःशुल्क रुपमा यातायातको सेवा गरिएको र सेन्टरमा एक्सरे लगायतका अन्य सुविधाका साथै निःशुल्क परामर्श लिन सक्ने बताएका छन् ।
उक्त निर्वाचन क्षेत्र भित्र रहेका अन्य तीन आइसोलेसनमा उपचार गराइरहेकाहरुले पनि सेवा लिन सक्ने भन्दै उनले सो आइसोलेसन सेन्टरलाई ‘जनताको स्वास्थ्य केन्द्र’ भएको बताए ।
उक्त आइसोलेसन सेन्टरमा विशेष गरी क्षेत्र नं ४ का जनताका साथै वरपरका बिरामीलाई समेत सेवा दिइने बताउँदै नेता थापाले सेवाका लागि ९८१८२९६४१४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
. @MPOfficeKtm4 को समन्वय र कामनपा वडा नं. ३० को नेतृत्वमा विभिन्न संस्थासंगको साझेदारीमा सामान्य लक्षण भएका संक्रमितलाई नि:शुल्क उपचार दिनेगरी रातोपुलमा पूर्वाधार,उपकरण,जनशक्ति सहितको आइसोलेसन सेन्टर शुरू गरेका छौं। यो अभियानमा जाेडिने सहयोगीलाई धन्यवाद!??
सम्पर्क: 9818296414 pic.twitter.com/ljQ9ITYxWs— Gagan Thapa (@thapagk) May 25, 2021
वि.सं.२०७८ जेठ ११ मंगलवार २१:१० मा प्रकाशित






























