back
CTIZAN AD

चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण

वि.सं.२०७८ जेठ १२ बुधवार

696 

shares

१२ जेठ, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जनताको सेवामा दिनरात खटिँदाखटिँदै नगरप्रमुख गिरीसमेत सङ्क्रमित भएका हुन ।

उनी अहिले होमआइसोलेशनमा छन । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा हालसम्म चार हजार ५२ सङ्क्रमित भइसकेका छन् । तीमध्ये तीन हजार ९९ जना निको भएर घर फर्किसकेका छन् भने ९०९ सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी द्रिए । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणका कारण ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले ७५ शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर स्थापना गरेको छ । यसबाहेक सशस्त्र प्रहरी अस्पताल बलम्बुमा समेत कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ । चन्द्रागिरि काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् ।

वि.सं.२०७८ जेठ १२ बुधवार १०:४४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...