१२ जेठ, काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा डाकेको छ । कम्पनीले असार ४ गते शुक्रबार ज्ञानेश्वर स्थित आफ्नै प्रधान कार्यलयमा सभा आह्वान गरेको हो ।
कम्पनीको सभामा सर्वसाधारणको लागि आईपिओ निष्काशन प्रस्ताव सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले सर्वसाधरणलाई ६० करोड रुपैयाँको ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ ।
हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ । यस्तै साधारण सभाले सञ्चालक नियुक्तिको अनुमोदन गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने र लेखा परिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणहरु समेत परित गर्नेछ ।
वि.सं.२०७८ जेठ १२ बुधवार ११:१९ मा प्रकाशित


























