१२ जेठ, काठमाडौँ । राजनीतिक विश्लेषक हरि रोकाले कडा निषेधाज्ञामार्फत उपत्यकालाई कष्टडी बनाउनु अत्याचार भएको बताएका छन् ।
टिव्टरमा टिव्ट गर्दै रोकाले कोरोना नियन्त्रणका लागि गर्नुपर्ने व्यवस्थापन पक्षतर्फ ध्यान ध्यान नदिने तर निषेधाज्ञ घोषणा गर्नु अत्याचार भएको बताएका हुन् ।
कोभिड नियन्त्रण्का लागि अस्पतालको स्तर, चिकित्सकटोली प्रोत्साहन, अक्सीजन र मेडिसिनको जोहो गर्नुपर्ने, करोनाको उच्चजोखिम भएको दिल्ली ल्फाइट रोक्नु र खोप ल्याउनु पर्ने भएपनि सरकारले कडा निषेधाज्ञा मात्र लगाउनु भनेको मान्छे भोकै मार्नु भएको बताएका छन् ।
उनले टिव्टमा लेखेका छन् :
अस्पतालको स्तर,चिकित्सकटोली प्रोत्साहन,अक्सीजन र मेडिसिनको जोहो गर्नुछैन।कोरोनाको उच्चजोखिम भएको दिल्ली ल्फाइट रोक्नु छैन, ढुकुटी खर्चगरेर पनि खोप ल्याउनुछैन। बेरोजगारलाइ कुनै राहत छैन।कडा निषेधाज्ञामार्फत उपत्यकालाइ कष्टडी(थुनुवा घरमा) बनाउनुअत्याचार हो।मान्छे भोकै मार्नु हो।
— Hari Roka (@Harirokaa) May 26, 2021
वि.सं.२०७८ जेठ १२ बुधवार ११:४१ मा प्रकाशित






























