back
CTIZAN AD

पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने

वि.सं.२०७८ जेठ १२ बुधवार

1.4K 

shares

१२ जेठ, गण्डकी । पर्यटकीय नगरी पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ ।

फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री विकास लम्सालले सोमबार एक जोडी रतुवा मृग छाडेका हुन्। तनहुँ जिल्लाबाट उद्धार गरिएको डेढ वर्षको पोथी र लगभग सात वर्षको भाले उक्त जोडी रतुवा मृग लेखनाथको पचघैयास्थित वन्यजन्तु उद्धार केन्द्रबाट ल्याइएको हो ।

डिभिजन वन कार्यालय कास्कीले रु १८ लाखको लागतमा रानीवनमा निर्माण सम्पन्न गरेको सो वन्यजन्तु उद्धार केन्द्र हालै सञ्चालमा ल्याएको हो । वन्यजन्तु उद्धार केन्द्रलाई व्यवस्थित बनाइने बताउँदै मन्त्री लम्सालले प्रदेशभित्रका विभिन्न दुर्लभ जीवजन्तुलाई संरक्षण गर्दै यहाँ आउने पर्यटकले देख्न पाउने गरी व्यवस्थित गर्दै लगिने जानकारी दिए ।

उद्धार केन्द्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न बजेटको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले यसका लागि सम्बद्ध निकायले पनि उत्तिकै चासो दिनुपर्नेमा ध्यानाकर्षण गराए। “प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा वन्यजन्तु उद्धार केन्द्र निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ”,उनले भने, “अब प्राणी उद्धार केन्द्रमा उपचार गरिएका वन्यजन्तु बाहिर नपठाई प्रदेशभित्रै व्यवस्थापन गरिने छ ।”

मुलुकका सामुदायिक वन समूहलाई समेत विभिन्न वन्यजन्तुको प्रजनन्स्थलका रूपमा विकास गरिने तयारी भइरहेको भन्दै उनले वन्यजन्तुलाई घेराभित्र नभई प्राकृतिकरूपमै प्रजनन तथा हुर्कने वातावरण बनाउँदै वन वातावरणको संरक्षणसँगै पर्यापर्यटन विकासमा जोड दिइने बताए।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले वन तथा वन्यजन्तु संरक्षणका लागि आवश्यक पूर्वाधार, प्रविधि एवं जनशक्तिको अभाव रहेको बताउँदै आवश्यक व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

उक्त स्थानमा स्थापित नर्सरीमा विभिन्न जातका ३० हजार बिरुवा उत्पादन भइरहेको बताउँदै उनले रु चार लाखको लागतमा वन रक्षाका लागि निर्माण गरिएका जीर्ण भवनको मर्मत गरिएको जानकारी दिए।

पचघैया प्राणी उद्धार केन्द्रका व्यवस्थापक विनय अधिकारीका अनुसार उद्धार केन्द्रमा हाल १५ वटा रतुवा मृगसहित चरिबाघ, वन बिरोलो, हुचिल, गिद्ध नीलगाई, स्याल, पानी र सुक्खामा पाइने कछुवालगायतका विभिन्न १८ प्रजातिका वन्यजन्तु रहेका छन् । केन्द्रमा घाइते वन्यजन्तुको उद्धारका लागि एउटा एम्बुलेन्ससमेत व्यवस्था गरिएको छ ।
रासस

वि.सं.२०७८ जेठ १२ बुधवार ११:५३ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...