back
CTIZAN AD

संसद बैठक बोलाउने सभामुखको संकेत, कानूनविद्हरुसँग भने – म असाधारण निर्णय गर्नसक्छु

वि.सं.२०७८ जेठ १३ बिहीवार

723 

shares

जेठ १३, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक बोलाउन सक्ने संकेत गरेका छन् । बिहिबार कानूनविद्हरुसँगको परामर्शपछि उनले संविधान, देश र जनताको रक्षार्थ असाधारण निर्णय लिनसक्ने बताएका हुन् ।

‘संविधान र प्रतिनिधि सभा नियमावली अनुसार म चल्नुपर्छ। नेपाली जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पिएका छन्। संघीय संसद्को नेतृत्वको र प्रतिनिधि सभाको सभामुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ,’ उनले भने, ‘त्यो भनेको धेरै असाधारण र त्यो गर्नलाई घण्टा घण्टाका सबै कुरालाई विचार गरेर, मनन गरेर अगाडि बढ्नुपर्छ ।’

सभामुख सापकोटाले आफुँले संविधान बाहिर गएर निर्णय भने नलिने बताए । सभामुखले दलहरुसँगको छलफलपश्चात निर्णय लिने पनि संकेत गरेका छन् ।

उनले भने, ‘योजना र कार्यक्रम म भन्न सक्दिनँ। पार्टीहरूसँग नै छलफल गर्ने हो। पार्टी शक्तिका संवाहक मात्र होइन पावरहाउस पनि हुन्। जनताको शक्ति पार्टीमा पनि हुन्छ ।’

बिहिबारको छलफलमा कानूनविद्हरुले संविधानतः संसद विघटन नभएको हुनाले सभामुखलाई संविधानअनुसार भूमिका खेल्न सुझाब दिएका थिए । यसअघि बुधबार मात्रै उनले पूर्वसभामुखहरुसँग परामर्श लिएका थिए ।

सभामुखले सर्वपक्षीय छलफलपश्चात भूमिका लिने तयारी गरेका छन् । क्रमिक रुपमा उनले गरेको छलफलले पनि त्यहि संकेत गर्दछ । बताइएअनुसार सर्वोच्च अदालतले फैसला गर्नुपूर्व नै उनले कदम चाल्ने तयारी गरेका छन् ।

वि.सं.२०७८ जेठ १३ बिहीवार १७:२१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...