back
CTIZAN AD

नेपसेमा दुई इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन

वि.सं.२०७८ जेठ १४ शुक्रवार

642 

shares

१४ जेठ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले लुम्बिनी जनरल इन्स्योरेन्स को ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७९१ तोकिएको छ।

त्यसैगरी, नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार २०५ रुपैयाँ कायम गरिएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो । बिहीबार लुम्बिनीको शेयर प्रतिकित्ता ८३१ रुपैयाँमा र सिद्धार्थको प्रतिकित्ता १ हजार ३५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १०:५६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...