१४ जेठ, काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड–१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
कम्पनीले पूनः प्रयोग गर्न मिल्ने मास्क१५० थान, साबुन १५० थान, स्यानिटाइजर ९१०० मिलिलिटर० १५० थान, पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड १५० थान, आकस्मिक खाद्य सामाग्री १५० थान , पारासिटामोल १५० थान वितरण गरेको छ ।
समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड–१९ का विरामीहरुलाई वितरण गर्नेछ ।a
वि.सं.२०७८ जेठ १४ शुक्रवार ११:२८ मा प्रकाशित





























