back
CTIZAN AD

माओवादी केन्द्रका नेता श्रेष्ठद्धारा गोरखा अस्पताललाई स्वास्थ्य सामाग्री तथा अक्सिजन सिलिण्डर हस्तान्तरण

वि.सं.२०७८ जेठ १६ आइतवार

651 

shares

१६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका छन् ।

कोभिड–१९ स्वयम्सेवा अभियान अन्तर्गत स्वास्थ्य सामाग्री, चिकित्सक तथा अक्सिजन सिलिण्डिरसहित तेस्रोपटक गोरखा पुगेका नेता श्रेष्ठले शनिबार जिल्ला स्वास्थ्य कार्यालयमा १० वटा अक्सिजन सिलिन्डर तथा पाँच स्थानीय स्वास्थ्य केन्द्रहरु (अजिरकोट, सिरान्चोक, पालुङ्गटार, गण्डकी र आरुघाट) का लागि २–२ वटा अक्सिजन कन्सन्टेटर (सहिद लखन र भीमसेन गाँउपालिकाहरुको लागि) हस्तान्तरण गरेका छन् ।

नेता श्रेष्ठले शनिबारै प्रमुख जिल्ला अधिकारी लगायत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धानको प्रमुखहरुसँग जिल्लाको पछिल्लो अबस्थाको जानकारी पनि समेत लिएका थिए ।

May be an image of one or more people and outdoors

नेता श्रेष्ठको स्वयम्सेवी टोलीले आइतबार बारपाक, सुलिकोट गाउँपालिकाको सौरपानीमा पुगेर कोरोना संक्रमणको जोखिममा परेकाहरुको एन्टिजेन परीक्षण गर्ने श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

May be an image of one or more people, people standing and indoor

कोभिड–१९ स्वयम्सेवा अभियान अन्तर्गत नेता श्रेष्ठको स्वय्मसेवी टोलीले यसअघि पनि गोरखा जिल्लामा विभिन्न स्थानीय निकायमा सर्वसाधारणको ऐन्टिजेन परक्षिण, अक्सिजन कन्सन्टेटर, औषधि तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । उक्त टोलीले योपटक गोरखामा पाँचदिन रहेर कोरोनाका उच्च जोखिम रहेका विभिन्न ठाउँमा पुगेर स्थानीयहरुलाई स्वास्थ्य सेवा दिने पनि सुरेश काजी श्रेष्ठले जानकारी दिएका छन् ।

May be an image of one or more people, people standing and road

वि.सं.२०७८ जेठ १६ आइतवार ०९:४३ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...