१६ जेठ, काठमाडौँ । नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।
सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने घोषणा गरेपछि सामाजिक सञ्जालमार्फत भट्टराईले नामकरण छलफल र सहमति बिना गरिएको भन्दै प्रक्रियाप्रति आपत्ति जनाएका हुन् ।
ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, सान्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नुपर्ने उनको भनाई रहेको छ ।
बिना छलफल र सहमति गरिएको निर्णयले अनावश्यक बिबाद, बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्ने उनकाे तर्क छ।
तत्कालीन सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।”
सञ्जालमा लेखेका छन् :
“ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, सान्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरीमात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा बिबाद, बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्दछ ।”
वि.सं.२०७८ जेठ १६ आइतवार १०:३४ मा प्रकाशित






























