back
CTIZAN AD

चितवनको कालिकानगरका ५ दलहरुको गम्भिर ध्यानाकर्षण

वि.सं.२०७८ जेठ १६ आइतवार

762 

shares

१६ जेठ, काठमाडौँ । चितवनको कालिका नगरपालिकाका ५ राजनीतिक दलहरुले प्रतिनिधिसभा विघटनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरुले नेपाली जनताको सात दसक लामो बलिदानीपूर्ण संघर्षबाट स्थापीत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मूल मर्म र भावन विपरित प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेको घटनाप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेपाली काँग्रेस कालिका नपाका नगरसभापति राजु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की नगर अध्यक्ष सविता लामा, नेकपा(एमाले) नगर संयोजक भिष्म खनाल, जनता समाजवादी पार्टीका नगर संयोजक सुनिल ढकाल र राष्ट्रिय जनमोर्चा का नगर अध्यक्ष विष्णु ढुंगानाद्वारा संयुक्त प्रेस विज्ञप्तिमा संविधानको प्रभावकारी कार्यालयनमार्फत लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गदैै सम्बृद्धिको अभियानमा जुट्नु पर्ने दायित्वसमेत बिर्सिएर पटकपटक संविधान मिच्ने कदमको भत्सर्ना गरिएको छ । जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर अध्यादेशमार्फत शासन चलाउने प्रवृतिप्रति उनीहरुले गम्भिर आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा उनीहरुले कोभिड १९ को निःशुल्क उपचार गर्ने निर्णयको यथाशीघ्र कार्यान्वयन गर्न, अस्पतालहरुमा यथाशीघ्र स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन, बन्दाबन्दीका कारण प्रभावित जनताहरुको जीवन निर्वाहको व्यवस्था गर्नका साथै स्थानीय कृषि उत्पादनको बिक्रि वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

वि.सं.२०७८ जेठ १६ आइतवार १०:१५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...