१६ जेठ, काठमडौँ । सरकाले नेपाल टेलिकमको सेवा उपयोग गर्नेहरुलाई २२ प्रतिशत सेयर वितरण गर्ने भएको छ ।
शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २०७८ पुस मसान्त सम्म कायम ग्राहकहरु पनि सेयर खरिद प्रक्रियामा सहभागि हुन सक्ने घोषणा गरेका गरिएको छ ।
कम्पनीको हाल कायम चुत्ता पुँजीको २२ प्रतिशत सेयर कम्पनीको सिम, ल्यान्डलाईन फोन वा इन्टरनेटका प्राकृतिक ग्राहकहरुलाई मात्र बिक्रि गरिने छ ।
कम्पनीको सेयर बिक्रिको बिस्तृत प्रक्रिया र मूल्यको विवरण असोज मसान्त सम्म तय गरिने जनाइएको छ ।
वि.सं.२०७८ जेठ १६ आइतवार ११:२८ मा प्रकाशित


























