back
CTIZAN AD

कांग्रेस नेतृ संग्रौलाको आशंका : राष्ट्रपतिलाई सक्रिय बनाउन खोजिएको त होइन् ?

वि.सं.२०७८ जेठ १७ सोमवार

717 

shares

जेठ १७, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौला पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियताप्रति प्रश्न उठाएकी छिन् । उनले आलंकारिक राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजिएको त होइन भनि आशंका व्यक्त गरेकी छिन् ।

कोभिड–१९ विरुद्वको खोप जुटाउन अन्तराष्ट्रिय समुदायसँग अनुरोध गरिरहेकी राष्ट्रपतिको भूमिकाप्रति संग्रौलाले प्रश्न उठाएकी हुन् । संग्रौलले मन्त्रिपरिषदले खोपको भीम माग्ने अधिकार राष्ट्रपतिलाई दिएको हो भनि प्रश्न गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्, ‘बर्तमान सम्माननीय रास्ट्रपतिका क्रियाकलापबाट आम नेपाली जनता सशंकित भएका छन् ।कार्यकारी अधिकार भएको मन्त्रीपरिषदले रास्ट्रपतिलाई पत्राचार गरि भिकरसहयोग माग्ने अधिकार दिएको हो  ? यदि हो भने नेपाली जनताको शीर निहुर्याउने अधिकार सार्बभौम जनताले कसैलाई दिएका छैनन्। के अब मन्त्रीपरिषदका मातहतका निकायले गर्नु पर्ने कार्य पनि सोझै रास्ट्रपतिबाट गराइ रास्ट्रपतिलाई सकृय बनाउन खोजिएको त हैन रु जनतामा शंकाको बादल मडारीएको छ।’

संग्रौलाले आलंङकारी राष्ट्रपतिलाई भीक माग्ने अधिकार संविधानको कुन धारामा छ भनि प्रश्न उठाएकी छिन् । ‘ नेपालको संविधान २०७२ अनुसार आलङकारी रुपमा रहने संस्थाले बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ विरुद्धको खोपको बहाना बनाएर बिश्वका रास्ट्रपतिहरुसँग अनुनयबिनय गर्दै भिक र सहयोग माग्ने अधिकार रास्ट्रपतिलाई संविधानको कुन धारा अन्तरगत प्राप्त हुन्छ ? सोको जानकारी जनतालाई चाहियो,होइन भने यसका अनेकौं अर्थ लाग्न सक्दछन्’, उनले भनेकी छिन् ।

कोभिड–१९ विरुद्वको खोप सहयोग गर्न राष्ट्रपतिले चीनसहित विभिन्न देशका समकक्षीलाई अनुरोध गर्दै पत्र लेखेकी थिइन् । सोमबार मात्रै उनले बेलायतकी महारानीलाई पत्र लेख्दै सहयोग गर्न आग्रह गरेकी थिइन् ।

वि.सं.२०७८ जेठ १७ सोमवार १३:१८ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...