back
CTIZAN AD

मध्यविन्दुमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु

वि.सं.२०७८ जेठ १७ सोमवार

537 

shares

१७ जेठ, नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्वको मध्यविन्दु–३ मा रु ६५ लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ ।

मध्यविन्दु–३ ब्रह्मस्थानमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँको वनभोज स्थलमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताए ।

“अहिले भ्यू टावर निर्माण शुरु गरिएको यो ठाउँ नारायणी नदीसँगै जोडिएको छ”, नगरप्रमुख रानाले भने, “नारायणी नदीको पारिपट्टि चितवन राष्ट्रिय निकुञ्ज छ, दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको ठाउँबाट दुर्लभ वन्यजन्तु गैँडा, सङ्कटापन्न अवस्थाका घडियाल गोही सहजरुपमा देख्न सकिन्छ ।”

प्राकृतिकरुपमा समेत रमणीय रहेकाले ब्रह्मस्थानमा दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख रानाले बताए। नगरपालिका–२, ३, ४, ६ र १२ मा घरबास होमस्टे रहेकाले घरबाससँगै यहाँको पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ बनाउन शुरु गरिएको रानाको भनाइ छ ।

“ब्रह्मस्थानमा निर्माण शुरु गरिएको भ्यू टावरको माटो परीक्षण तथा विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न नगरपालिकाको रु पाँच लाख खर्च भएको छ”, नगरप्रमुख रानाले भने, “अहिले गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु १० लाखमा काम शुरु गरेका छौँ, आवश्यक पर्ने बाँकी रकम आगामी आर्थिक वर्षमा जुटाउने छौँ ।”

आगामी आर्थिक वर्ष २०७८/७९ मा भ्यू टावर निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको रानाले बताए । नगरपालिकाले ब्रह्मस्थानसहित वडा नं १४ को दुई स्थानमा समेत दृश्यावलोकन स्तम्भ निर्माणका लागि काम अगाडि बढाएको उनका भनाइ छ ।

उपभोक्ता समिति निर्माण गरेर ब्रह्मस्थानमा दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको हो । दृश्यावलोकन स्तम्भ निर्माण उपभोक्ता समितिका सहसचिव सुवाष नेपालले निर्माणाधीन भ्यू टावरको सबै संरचना तयार पार्दा करीब १० कट्ठा क्षेत्रफल ओगट्ने बताए।

पैंतालिस फिट अग्लो हुने उक्त दृश्यावलोकन स्तम्भ चार तलाको हुने उनका भनाइ छ । स्तम्भबाट एकैपटक ३५ जना व्यक्तिले यहाँको दृश्यावलोकन गर्न सक्ने बताइएको छ ।

दृश्यावलोकन स्तम्भ निर्माणस्थल चितवन राष्ट्रिय निकुञ्जको नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिमा पर्दछ । यस स्थानमा निकुञ्जबाट निस्किएका गैँडा, बँदेललगायत जनावरले कृषकले लगाएको अन्नबाली खाएर नष्ट गरिदिँदा वन्यजन्तुप्रति उनीहरुको दृष्टिकोण फरक भएकाले समेत स्थानीयवासीलाई संरक्षणमा सहभागी गराउनका लागि दृश्यावलोकन स्तम्भ निर्माणको काम अगाडि बढाइएको सहसचिव नेपालको भनाइ छ । वन्यजन्तुको आक्रमण तथा नारायणी नदीको कटानका कारण यस गाउँबाट धेरै घरपरिवार विस्थापित भइसकेका छन् ।
रासस

वि.सं.२०७८ जेठ १७ सोमवार १३:३२ मा प्रकाशित

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...