१७ जेठ, काठमाडौं । साउन १ गतेदेखि ४० माइक्रोन भन्दा कम तौलको प्लाष्टीकका झोला प्रयोग तथा उत्पादन गर्न नपाइने भएको छ ।
प्लाष्टीकजन्य पदार्थबाट हुने वातारणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टीकको उत्पादन, आयात, विक्रिय वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाइने भएको हो ।
वतावरण विभागद्धारा जारी सूचना अनुसार सपिङमल तथा डिर्पाटमेन्टल स्टोर लगायतका सबै व्यापारिक प्रतिष्ठानमा प्लाष्टीकको साटो सूती, जुट वा कागजको झोला प्रयोग गर्नुपर्ने बताइएको छ ।
त्यस्तै ४० माइक्रोन भन्दा पातलामे प्लाष्टीक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गर्दा हुने थप लगानी बराबरको रकम पुँजीगत अनुदान दिइने समेत बताइएको छ ।
वि.सं.२०७८ जेठ १७ सोमवार १७:०५ मा प्रकाशित






























