back
CTIZAN AD

प्रकृति माथि हमला गरेर देश बनाउछु भन्नु मुर्खताको पराकाष्ठा हो– डा लोहनी

वि.सं.२०७८ जेठ २१ शुक्रवार

774 

shares

२१ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रकृति माथि हमला गरेर देश बनाउछु भन्नु मुर्खताको पराकाष्ठा भएको बताएका छन् ।

सरकारले वैदेशिक व्यापार घाटा कम गर्न चुरे क्षेत्रबाट गिट्टी ढुंगा खोल्ने बजेट भाषणमा उल्लेख गरेपछि त्यसकाे प्रतिक्रियाका रुपमा डा. लोहनीले उक्त धारणा राखेका हुन् ।

सामाजिक सञ्जालमा धारणा राख्दै ‘यो निर्णयले चुरे–भावर–तराई बीचको पर्यावरणको सन्तुलन ध्वस्त पार्दछ। गरिबलाई झन् गरिब बनाउछ र त्यस क्षेत्रमा मरुभूमिकरणलाई प्रोत्साहन गर्दछ। जथाभाबी प्रकृति माथि हमला गरेर देस बनाउछु भन्नु मुर्खताको पराकाष्ठा ’ भएको बताएका हुन् ।

‘नेपालको बाणिज्य नीतिले दिर्घकालिन आर्थिक विकास, समाबेसी विकास र दिगो आर्थिक वृद्धि दरको लागि सरकारी प्रतिबद्धता व्यक्त गरेको छ । हाल चुरे क्षेत्रबाट गिट्टी ढुंगा खोल्ने बजेटको नीति यी तिनै लक्ष्यको ठाडो बिपरत’ भएको उल्लेख गर्दै उनले उक्त नीति तुरुन्त खारेज गर्न सल्लाह दिएका छन् ।

उनले भनेका छन् ‘यो नीति केवल ढुंगा गिट्टी निकासी गर्ने काममा लागेका सत्ताधारीहरु र उनीहरुका आसेपासेहरुको स्वार्थको लागि भएको देखिन लगेको छ । अर्थमन्त्रि जी ले यो जालोबाट पर गएर यो नीति तुरुन्त खारेज गर्न मरो सल्लाह छ ।’

वि.सं.२०७८ जेठ २१ शुक्रवार १०:५३ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...