back
CTIZAN AD

कञ्चनपुरका कोभिड अस्पताललाई एक्सरे मेसिन

वि.सं.२०७८ जेठ २१ शुक्रवार

732 

shares

२१ जेठ, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ ।

कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुर्याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको हो ।

“कोरोनाका गम्भीर बिरामीले एक्सरे गर्नका लागि मात्रै टाढाको अस्पताल पुग्नुपर्ने अवस्था रहेको थियो”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशनसिंह थापाले भने, “स्वास्थ्यचौकीमै एक्सरे मेसिन उपलब्ध भएपछि स्थानीयस्तरमै बिरामीले सेवा पाउँछन् ।” एक्सरे मेसिन सञ्चालन गर्ने दक्ष जनशक्तिको व्यवस्थापनका लागि कार्य अगाडि बढाइने उनले बताए ।

नगरपालिकाले सञ्चालन गरेको १५ शय्याको कोभिड अस्पतालमा अक्सिजनसहित दुई चिकित्सकको व्यवस्था गरी सेवा उपलब्ध गराइँदै आएको छ । कोरोनाका शङ्कास्पद बिरामीको स्वाबको नमूना सङ्कलन गर्ने र आवश्यक औषधि निःशुल्करूपमा अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ ।

लागुऔषध खैरो हिरोइनसहित पक्राउ

भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का सुरेन्द्र चन्द रहेका छन् ।

चन्दको साथबाट शून्य दशमलव ३६ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । पैदल हिँड्दै गरेका चन्दमाथि शङ्का लागि जाँच गर्ने क्रममा खैरो हिरोइन बरामद गरिएको बताइएको छ । पक्राउ परेका चन्दलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ ।
रासस

वि.सं.२०७८ जेठ २१ शुक्रवार १०:४० मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...