back
CTIZAN AD

मोहन आचार्यद्वारा रसुवा अस्पताललाई भेन्टिलेटर सहित स्वास्थ्य सामाग्री प्रदान

वि.सं.२०७८ जेठ २१ शुक्रवार

582 

shares

२१ जेठ । हिमाली दुर्गम जिल्ला रसुवामा पहिलोपटक रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ । भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री निवर्तमान सांसद मोहन आचार्यद्वारा कोभिड नियन्त्रण व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण भएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालका अनुसार सांसद आचार्यद्वारा मिनी भेण्टिलेटर चार थान, अस्पताल भर्ना भएका बिरामी सुताउने शय्या पाँच, अक्सोमिटर ३० वटा एवं सर्जिकल मास्क तीन हजारसमेत रु १६ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो । हस्तान्तरण भएका सामग्री धुञ्चेमा रहेको जिल्ला अस्पताल र जीवजीवेमा रहेको ग्रामीण अस्पताललाई बराबर दिने आचार्यको निर्देशनबमोजिम प्राप्त सामग्री अस्पतालमा पठाइसकिएको प्रजिअ ढकालले जानकारी दिए ।

कोभिड–१९ को जटिल अवस्थामा आचार्यद्वारा प्राप्त सामग्री जनहितकारी भएको कोभिड नियन्त्रण जिल्ला समन्वय समितिले जनाएको छ । शरीरमा अक्सिजन कमी हुन गई श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारमा सहज पार्ने पबित्र भावले जिल्लामा रहेका दुईवटा अस्पताललाई आफ्नो व्यक्तिगत तवरबाट भेन्टिलेटरसमेत सहयोग प्रदान गरेको आचार्यले बताए ।

कोभिड–१९ को पहिलो सङ्क्रमणमा समेत आचार्यबाट स्वास्थ्य सामग्री प्रदानका साथै कोरोना सङ्क्रमणको अवस्थामा बिहान–बेलुका छाक टार्न मुस्किल भएका ५०० भन्दा बढी विपन्न परिवारलाई आफ्नोतर्फबाट खाद्य सामग्री प्रदान गर्नुका साथै कोरोना नियन्त्रण अग्रपङ्क्तिमा काम गर्ने ५०० भन्दा बढी व्यक्तिलाई स्वास्थ्य बीमा गराएका थिए ।

एउटा पनि भेन्टिलेटर व्यवस्थापन गर्न नसकिएको अवस्थामा निवर्तमान सांसद आचार्यबाट प्रदान भएका भेन्टिलेटरले अब स्थानीयस्तरमै जटिल बिरामी उपचार गर्न सहज भएको रसुवा अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा भुवन केसीले बताए । रसुवामा भेन्टिलेटर नहुँदा जटिल बिरामीलाई नुवाकोटको त्रिशूली र काठमाडौँका अस्पतालमा सिफारिश गर्नुपर्ने समस्या सांसद्को सहयोगले हल भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १०:३० मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...