back

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने

वि.सं.२०७८ जेठ २१ शुक्रवार

666 

shares

२१ जेठ, काठमाडौँ । अमेरिकाले नेपाललाई कोभिड १९ विरुद्धको कोभ्याक्स खोप उपलब्ध गराउने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड–१९ भ्याक्सीन सहयोगको घोषणा गर्ने क्रममा नेपाल लगायत एसियाका विभिन्न देशहरूका लागि झन्डै ७० लाख डोज कोभीड्–१९ भ्याक्सीन दिन लागिएको हो ।

नेपालले कति डोज खोप पाउने भन्नेबारे खुलाइएको छैन । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १६ मुलुकलाई करिब ७० लाख डोज खोप दिने निर्णय गरेको छ ।

एशियाका विभिन्न १६ मुलुकलाई भ्याक्सीन उपलब्ध गराउने घोषणा गर्दै बाइडेनले सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुने विश्वास व्यक्त गरेको दूतावासले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको अनुरोधलाई स्वीकार गरी खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै अमेरिकालाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले अमेरिकाको खोप उपलब्ध गराउने निर्णयले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो हुने पनि बताएका छन् ।

नेपालले कति डोज खोप पाउने भन्नेबारे खुलाइएको छैन । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १६ मुलुकलाई करिब ७० लाख डोज खोप दिने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सामाजिक सञ्जाल फेसबुकमा नेपाल कोरोनाविरुद्ध संघर्ष गरिरहेका बेला अमेरिकाले खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले राज्य सचिव एन्टोनी ब्लिनकेन र अमेरिकी जनताप्रति पनि आभार व्यक्त गरेका छन् ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १०:२७ मा प्रकाशित

Himalayan Life AD
निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन...

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी...

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...