back
CTIZAN AD

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने

वि.सं.२०७८ जेठ २१ शुक्रवार

843 

shares

२१ जेठ, काठमाडौँ । अमेरिकाले नेपाललाई कोभिड १९ विरुद्धको कोभ्याक्स खोप उपलब्ध गराउने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड–१९ भ्याक्सीन सहयोगको घोषणा गर्ने क्रममा नेपाल लगायत एसियाका विभिन्न देशहरूका लागि झन्डै ७० लाख डोज कोभीड्–१९ भ्याक्सीन दिन लागिएको हो ।

नेपालले कति डोज खोप पाउने भन्नेबारे खुलाइएको छैन । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १६ मुलुकलाई करिब ७० लाख डोज खोप दिने निर्णय गरेको छ ।

एशियाका विभिन्न १६ मुलुकलाई भ्याक्सीन उपलब्ध गराउने घोषणा गर्दै बाइडेनले सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुने विश्वास व्यक्त गरेको दूतावासले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको अनुरोधलाई स्वीकार गरी खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै अमेरिकालाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले अमेरिकाको खोप उपलब्ध गराउने निर्णयले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो हुने पनि बताएका छन् ।

नेपालले कति डोज खोप पाउने भन्नेबारे खुलाइएको छैन । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १६ मुलुकलाई करिब ७० लाख डोज खोप दिने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सामाजिक सञ्जाल फेसबुकमा नेपाल कोरोनाविरुद्ध संघर्ष गरिरहेका बेला अमेरिकाले खोप उपलब्ध गराउने निर्णय गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले राज्य सचिव एन्टोनी ब्लिनकेन र अमेरिकी जनताप्रति पनि आभार व्यक्त गरेका छन् ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १०:२७ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...