back
CTIZAN AD

आखिर किन बुझाए प्रदीप ज्ञवालीले हिसाब ?

वि.सं.२०७८ जेठ २२ शनिवार

801 

shares

२२ जेठ, काठमाडौं । मन्त्री पदबाट हटेसँगै हिसाब बुझाएका प्रदीप ज्ञवालीका विषयमा यतिबेला निकै चर्चा बढेको छ ।

उनले परराष्ट्रमन्त्री भएर सवा तीन वर्ष पद सम्हाल्दाका सबै हिसाबकिताब बुझाउँदै मन्त्री निवासबाट शनिबारै बाहिरिने बताएपछि सामाजिक सञ्जालमा उनी वाहीवाहीको पात्र बनेका छन् ।

शुक्रबार परराष्ट्रमन्त्री पदबाट हटेसँगै उनले आफू मन्त्री हुँदा चलाएका सरकारी सामान(सवारी साधन र ल्यापटप लगायत)का साथै भत्ता स्वरुपका रकमहरु सार्वजनिक रुपमा दाखिला गरेको बताएका कारण बजारमा उनको बारेको टिप्पणी बढेको हो ।

यससाथै उनले मन्त्री बने लगत्तै आफ्नो सम्पत्ति विवरणमा खासैै फेरबदल नभएको जानकारी समेत गराएर पारदर्शिता देखाउन खोजेका छन् ।

उनको यो सार्वजनिक प्रस्तुतीलाई सामाजिक सञ्जालको प्रयोगकर्ताको ठूलो पंक्तिले सकरात्मक रुपमा लिएका छन् । पदका लागि मरिहत्ते गर्ने, पद जाँदा पनि सरकारी सुविधा छाड्न नचाहनेहरुका बीचमा प्रदीप ज्ञवालीले नेपाली राजनीतिमा नैतिकता र इमान्दारीता प्रस्तुत गरेको बताइएका छन् ।

झट्ट हेर्दा निर्वतमान मन्त्री ज्ञवाली अरुभन्दा नैतिकवान र पारदर्शी पनि देखिएका छन् । उनको व्यक्तिगत स्वभाव कसैलाई नचिढाउने र काममा लगाब देखाउने खालको पनि थियो । ओलि मन्त्री परिषद्मा उनको व्यवहारीक सभ्यता पनि उनको उच्च थियो । तथापी उनलाई प्रधानमन्त्री ओलीको रक्षा कवच बनेर देशको सार्वभौमिकतालाई ख्याल नगरेको, एमसीसी जस्तो घातक परियोजनामा दुई कदम अगाडि बढ्न खोजेको, ओलीका प्रतिगमनकारी पाइलाहरुलाई साथ दिँदै अगाडि बढेको जस्तो टिप्पणी पनि आएका छन् ।

आर्थिक सम्बन्धमा न्यूनतम नैतिकता ह्रास भैरहेको बेला ज्ञवालीले अभिव्यक्ति सार्वजनिक गरेर आफ्नो पुरानो हैसियत र सभ्यता देखाउन बल गरेका छन् ।

यस्तो छ, सामाजिक सञ्जालमा उनको वक्तव्य –
‘धन्यवाद तथा आभार
करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी ९सम्प्रति मुख्यसचिव०, भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।
नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापतको लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।
मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप ९म्याकबुक प्रो० आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।
यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।
भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।
प्रदीप ज्ञवाली
२१ जेठ २०७८”

वि.सं.२०७८ जेठ २२ शनिवार ०८:५७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...