२२ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना संक्रमतिको उपचारका लागि चीनबाट ठूलो मात्रामा स्वास्थ्य सामाग्री ल्याएको छ ।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तिब्ररुपमा बढ्सँगै ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ भन्ने अभियान थालेको संघले आज चीनबाट ठूलोमात्रामा अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री ल्याएको हो ।

संघका केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीले अन्तराष्ट्रिय समन्वय परिषद्को समन्वयमा विभिन्न राष्ट्रिय समन्वय परिषदहरुले सहयोग संकलन गरेर अत्याबस्यक स्वास्थ्य सामग्री मध्ये ठुलो मात्रामा अक्सिजन कन्संन्ट्रेटर तथा अन्य सामग्री बोकेर चिनको ग्वान्जाओ सहरबाट नेपाली ध्वजावाहक विमान नेपाल उडेको बताएका छन् ।


वि.सं.२०७८ जेठ २२ शनिवार १६:५५ मा प्रकाशित






























