back

विद्यार्थीले जलाए उपप्रधानमन्त्री महतोको पुत्ला, पक्राउ परे यी विद्यार्थीहरु

वि.सं.२०७८ जेठ २२ शनिवार

240 

shares
RBB AD
NTC AD

२२ जेठ, काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्ति विरुद्ध नेकपा (एमाले) माधव नेपाल समूह पक्षधर अनेरास्ववियू सडकमा उत्रिएको छ ।

अनेरास्ववियूका विद्यार्थीहरुले शनिबार नयाँ बानेश्वरमा उपप्रधानमन्त्री महतो विरुद्ध नारा लगाउँदै उनको पुतलासमेत जलाएका छन्।

प्रहरीले प्रदर्शनमा सहभागी विद्यार्थीहरुलाई पक्राउ गरेको छ । पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि संगठनका अध्यक्ष सुदेश पराजुली, महासचिव आरति लामा, सचीवहरु तपेन्द्रजंग शाही, महेश श्रेष्ठ, अशोक थापा र मेघनाथ चापागाईं तथा लक्ष्मी क्षेत्री, आकाश खनाल र हर्क बम लगायतका नेताहरुलाई पक्राउ गरेको हाे ।

प्रहरीको दमनबाट अध्यक्ष पराजुली घाइते भएको र पक्राउ गरिएका उनीहरुलाई प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा राखिएको बताइएको छ ।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएर पदभार ग्रहण लगतै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ विवादित अभिव्यक्ति दिएका थिए।

वि.सं.२०७८ जेठ २२ शनिवार २०:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

पोखराका ८ हजार बढी होटल तथा रेष्टुराँमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै...

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री...

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा...

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

महेन्द्रनगर (कञ्चनपुर) । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी...