back
CTIZAN AD

विद्यार्थीले जलाए उपप्रधानमन्त्री महतोको पुत्ला, पक्राउ परे यी विद्यार्थीहरु

वि.सं.२०७८ जेठ २२ शनिवार

825 

shares

२२ जेठ, काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्ति विरुद्ध नेकपा (एमाले) माधव नेपाल समूह पक्षधर अनेरास्ववियू सडकमा उत्रिएको छ ।

अनेरास्ववियूका विद्यार्थीहरुले शनिबार नयाँ बानेश्वरमा उपप्रधानमन्त्री महतो विरुद्ध नारा लगाउँदै उनको पुतलासमेत जलाएका छन्।

प्रहरीले प्रदर्शनमा सहभागी विद्यार्थीहरुलाई पक्राउ गरेको छ । पुत्ला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि संगठनका अध्यक्ष सुदेश पराजुली, महासचिव आरति लामा, सचीवहरु तपेन्द्रजंग शाही, महेश श्रेष्ठ, अशोक थापा र मेघनाथ चापागाईं तथा लक्ष्मी क्षेत्री, आकाश खनाल र हर्क बम लगायतका नेताहरुलाई पक्राउ गरेको हाे ।

प्रहरीको दमनबाट अध्यक्ष पराजुली घाइते भएको र पक्राउ गरिएका उनीहरुलाई प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा राखिएको बताइएको छ ।

शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएर पदभार ग्रहण लगतै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ विवादित अभिव्यक्ति दिएका थिए।

वि.सं.२०७८ जेठ २२ शनिवार २०:०० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...