back
CTIZAN AD

एमालेका १५ नेताद्वारा प्रधानमन्त्रीसँग स्प्ष्टीकरण माग

वि.सं.२०७८ जेठ २२ शनिवार

744 

shares

२२ जेठ, काठमाडौँ । नेकपा (एमाले)का १५ जना स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्रीसँग स्प्ष्टीकरण माग गरेका छन् ।

शनिबार साँझ संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्प्ष्टीकरण माग गरेका हुन् ।

‘यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन सक्दैन । उपप्रधानमन्त्रीको संविधानविरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट समेत अस्वीकृत भइसकेको कुरालाई पुनः दो¥याई राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय भएको बताइएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ ‘प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानसाथ विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहो¥याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डताविरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।’

यसरी विज्ञप्ति जारी गर्नेहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षको नेतृत्व गर्दै शुक्रबार उपप्रधान तथा शहरी विकासमन्त्रीमा नियुक्त भएका राजेन्द्र महतोले पदभार ग्रहण लगत्तै ‘बहुराष्ट्र र बहुराज्य सञ्चालन गर्ने मुक्ति आन्दोलन जारी रहेको’ अभिव्यक्ति दिएका थिए ।

वि.सं.२०७८ जेठ २२ शनिवार २०:३३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...