२४ जेठ, काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले सार्वजिनक रुपमा दिएको अभिव्यक्तिको प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।
आठ विद्यार्थी संगठनको आइतबार बसेको जुम बैठकले उपप्रधानमन्त्री महतोले दिएको संविधान विपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता विरोध अभिव्यक्तिको भत्र्सना गर्दै उपप्रधानमन्त्रीको अभिव्यक्तिबारेमा प्रधानमन्त्री ओलीसँग स्पष्टीकरण माग गरेको हो ।
‘उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै जनाउँदैन, ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्दछ ।’ नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ, अनेरास्वीयूका अध्यक्ष सुदेश पराजुली, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठद्धारा जारी विज्ञिप्तिमा भनिएको छ ।


वि.सं.२०७८ जेठ २३ आइतवार १४:२१ मा प्रकाशित






























