back
CTIZAN AD

कोभिसिल्ड खोप लगाएकाहरुले अब दोस्रो मात्राको खोपमा अष्ट्राजेनिका लगाउनु पर्ने

वि.सं.२०७८ जेठ २४ सोमवार

762 

shares

२४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरुले अव दोस्रो मात्रामा कोभिसिल्ड जस्तै काम गर्ने अस्ट्राजेनिका खोप लगाउनु पर्ने बताएको छ ।

मन्त्रालयले फागुन २३ गते देखि चैत १० गते सम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रा लगाउने समय भइसकेको अवस्थामा भारतको सिरम इन्स्च्युट र कोभ्याक्ससँग भएको खोप सम्झौता अनुसार उनीहरु दुवैले खोप उपलब्ध गराउन नसक्ने जनाएपछि उक्त खोप विकल्पमा अस्ट्राजेनिका लगाउनुपर्ने बताएको छ ।

‘कोभिसिल्डको पहिलो मात्रा लगाउने समय भइसकेको तर सिरम इन्स्च्युट अफ इण्डियासँग सम्झौता भई अग्रिम भुक्तानी भइसकेको र कोभ्याक्स फ्यासिलिटी दुबैले (एउटै स्रोत) खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकोले तोकिएको मितिमा उक्त मात्रा दिन नसकिएको जानकारी गराउँदै, उक्त खोपको विकल्पमा एउटै प्रकृतिको अस्ट्राजेनिका खोप, नेपाललाई प्राप्त भए पश्चात १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाइने भएकाले धैर्यताका साथ प्रतिक्षारत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’ मन्त्रालयद्धारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

No description available.

वि.सं.२०७८ जेठ २४ सोमवार ०९:३४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...