back
CTIZAN AD

नेपाल पक्षको निष्कर्ष : ओलीको प्रस्तावमा इमान्दारीता छैन

वि.सं.२०७८ जेठ २४ सोमवार

684 

shares

जेठ २४, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावमा इमान्दारीता नदेखिएको निष्कर्ष निकालेको छ । सोमबार बसेको समूहको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

समूहले ओलीले राखेका प्रस्तावलाई स्वीकार गर्न नसकिने निष्कर्ष पनि निकालेको छ । ‘यो पार्टी एकताको निम्ति इमान्दारीतापूर्वक आएको प्रस्ताव होइन्, उहाँले राखेका प्रस्तावका बुँदा स्वीकार गर्न सकिने खालका छैनन्’ बैठक पछि स्थायी समिति बेदुराम भुसालले भनेका छन्, ‘साँच्चै एकता चाहेको हो भने हामीले राखेका ६ बुँदाअनुसार प्रस्ताव आउनुपर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।’

उनका अनुसार माधव समूहले यसअघि अगाडि सारेका ६ बुँदे प्रस्तावलाई समेटेर लिखित वक्तव्य जारी गर्नेछ । नेता नेपालले गत वैशाख २६ मा पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्तावसहित अध्यक्ष ओलीलाई पत्र पठाएका थिए ।

हस्ताक्षर फिर्ता नगर्ने निर्णय

बैठकले प्रस्ताव पार्टी एकताभन्दा विभाजन गराउने खालको आएको निष्कर्ष पनि निकालेको छ । प्रस्तावमा शर्त राखिनु नै विरोधाभासपूर्णं रहेको बैठकको निष्कर्ष छ ।

बैठकले अदालतको फैसलाअनुसार निशर्त ०७५जेठ २ को अवस्थामा फर्किनुपर्ने पनि अडान राखेको छ । बैठकले सर्वोच्चमा गएको हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने निर्णय गरेको नेता भुसालले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधि सभा विघटन गर्ने कदमलाई सहि भन्न मिल्दैन ।

वि.सं.२०७८ जेठ २४ सोमवार १६:४४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...