back
CTIZAN AD

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९२ जनाको मृत्यु, ४४७२ जना संक्रमित

वि.सं.२०७८ जेठ २४ सोमवार

801 

shares

२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका ४४७२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २ पिसीआर र ५९०१ ऐन्टिजेन गरी १७,९०३ नमुना परीक्षणमा ४४७२ जना संक्रमित थपिएका हुन् ।

आज भक्तपुरमा १३५, ललितपुरमा १९० र काठमाडौंमा ७९० गरी उपत्यकामा आज १११५ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४४७२ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ६ हजार १६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ६,९५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,९५१ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । हालसम्म मुक्त हुनेको यो दर ८४.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका ९२ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ७,९९० पुगेको छ ।

त्यसैगरी हाल देशैभरी ८५ हजार ५४४ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७,१८० जना र होम आइसोलेशनमा ७८,३६४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४३४ जना र भेन्टिलेटरमा ३९७ जना उपचाररत छन् ।

वि.सं.२०७८ जेठ २४ सोमवार १७:५६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...