२४ जेठ, काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा विकास सुवेदीको कोरोना संक्रमणबाट निधन भएको छ ।
हाम्स अस्पतालमा उपचाररत ४२ वर्षीय डा. सुवेदीको गएराती (आइतबार साँझ) निधन भएको हो ।
२५ दिनअघि कोरोना संक्रमण पुष्टि भएसँगै डा. सुवेदीको कोटेश्वस्थित स्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा उपचार भैरहेको थियो । तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्स अस्पतालमा ४ दिनदेखि उनको भेन्टिलेटरमा उपचार भइरहेकाे थियो ।
इमाडोल ललितपुर घर भएका डा सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक समेत हुन् । उनले गाउँगाउँ पुगेर धेरैलाई निःशुल्क उपचार समेत गरेका थिए ।
वि.सं.२०७८ जेठ २४ सोमवार १८:५३ मा प्रकाशित






























